ओवी अपडेट : कोरोना सक्रमणबाट मृत्यु भएका प्रहरी निरीक्षकलाई काकाले दिए दागवत्ती (भिडियो सहित)

विराटनगर । कोरोना संक्रमणबाट मृत्यु भएका मोरङमा कार्यररत सशस्त्र प्रहरी निरीक्षक इन्सपेक्टर नवीन बुढाथोकीलाई उनका काकाले अन्तिम दागवत्ती दिएका छन् । मोरङको बूढीगंगा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी वल नेपाल नम्बर ३ गण हेड क्वाटर कंकालिनीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षकको कोरोना संक्रमणबाट सोमबार राती मृत्यु भएको थियो ।

ब्याडमिन्टन खेल्दाखेल्दै एक्कासि श्वासप्रश्वासमा समस्या भएपछि गत कात्तिक २६ गते उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा २७ गते रिपोर्ट पोजिटिभ आएको अस्पतालले थियो । उपचारका क्रममा सुरुमा केही सुधार देखिए पनि अन्ततः संक्रमित इन्सपेक्टरको गएराती मृत्यु भएको हो ।

उपचार गराइरहँदा स्वास्थ्यमा समस्या थपिँदै गएपछि सुरुमा आईसीयूमा राखिएको थियो । त्यसपछि स्वास्थ्य खराब बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार जारी राखिए पनि जीवितै फर्काउन नसकिएको अस्पताललको भनाई छ ।
उपचारका क्रममा बुढाथोकीको दुई पटक प्लाज्मा थेरापी गरिएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए । १० पटकसम्म रेम्डिसिभिर नामक औषधि पनि चलाइएको अस्पतालले जनाएको छ । मृतक बुढाथोकीको शव विराटनगर १ स्थित परोपकार घाटमा मंगलबार धार्मिक संस्कार अनुसार अन्त्येष्टि गरिएको छ ।

अन्त्येष्टि कार्याक्रममा सशस्त्र प्रहरी वल नेपाल वाहिनी मुख्यालय नम्बर १ बराहा पकली सुनसरीबाट आएको टोलीले शोक सलामी दिएको थियो । अन्त्येष्टिमा सशस्त्र प्रहरी बल नेपाल वाहिनी मुख्यालय नम्बर १ बराहा पकली सुनसरीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल गिरी, सशस्त्र प्रहरी वल नेपाल नम्बर ३ गण हेड क्वाटर कंकालिनी टंकीका सशस्त्र प्रहरी उपरीक्षक तिर्थ पौडेल लगायत अन्य सशस्त्र प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

मृतकको शवलाई स्वास्थ्य मन्त्रालयको कार्यविधी अनुसार नेपाली सेनाको टोलीले दाहसस्कारको लागी व्यावस्थापन गरेको थियो । मृतक बुढाथोकी अविवाहित हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्