लुकीछिपी नेपाल छिर्नेलाई रानीमा ‘पुन: होल्ड’ गराउँदै प्रहरी [भिडियो]

विराटनगर । भारतमा कोरोना भाईरस (कोभिड–१९) को उच्च जोखिम बढ्दै गएपछि खुल्ला सिमानाकाबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकलाई मोरङ प्रहरीले पुनः होल्डमा राख्न थालेको छ ।
कोरोना संक्रमण नियन्त्रणको लागी सिमानाका बन्द भएको समयमा भारतबाट लुकिछिपी आउने–जानेलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएर होल्डमा राख्न थालेको हो ।

जोगवनी रानी नाका हँुदै विराटनगर–१६ स्थित दक्षिणगेट र दरैया बस्तीको अवैध बाटोबाट लुकिछिपी नेपाल आउने र जानेलाई ईलाका प्रहरी कार्यालय रानीको टोलीले नियन्त्रणमा लिन थालेको छ ।
सिमानाकामा नेपाल –भारत आउजाउ गराउने सिटी सफारी चालक तथा टेम्पो चालकलाई समेत प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ । कोरोना भाइरस महामारीको समयमा अवैधबाटो हँुदै नेपाल भारत आउजाउ गराउने सवारी चालक सहित ३६ जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी नियरीक्षक दिपक थापाले जानकारी दिनुभयो ।

नेपाल–भारत ओसारपसार गराउने ११ वटा सिटी सफारी र ट्याम्पो सहित चालकलाई नियन्त्रणमा लिई अनुसान्धान गरिरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । सिटी सफारी चालकहरुले भने आफुहरुले लुकाई छिपाई नल्याएको दावी गरेका छन् । पार्किङ गरेर राखिएको स्थानबाट यात्रुहरु चढाएर ल्याएको सिटी सफारी चालकहरुको भनाई छ ।

भारतमा कोरोना संक्रमण तिव्र रुपमा बृद्धि भएका कारण आउजाउ गर्नेबाट हुनसक्ने जोखिम न्युनिकरणको लागी सरकारले सिमानाका विगत ८ महिनादेखी बन्द गरेको छ । पछिल्लो समय विराटनगरमा पनि कोरोना भाईरसको संक्रमण बढ्दै गएको छ । खुला सिमा नाका भएका कारण मानिसहरु सिमा नाकामा खटिएका सुरक्षाकर्मीलाई बलजफ्ती गर्दैै नेपाल आउजाउ गर्ने गरेका हुन् ।

ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी नियरीक्षक दिपक थापा / तस्वीर ; प्रेम देवान

खुला सिमानाका भएका कारण प्रहरीले जति नै कडा गरेपनि प्रहरीको आँखा छलेर आममानिसहरु आउजाउ गर्ने गरेको प्रहरी निरीक्षक थापाको भनाई छ । ‘हामीले अहिलेको माहामारीको समयलाई ख्याल गर्दै सिमानाकामा कडाई गरेको हौं ।’ सिमा नाकामा आउजाउमा कडाई कुनै व्यक्ति विशेष र समुहको लागी नभएर समग्ररुपमा गरिएको हो थापाले भन्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्