दुहवीका १७ बर्षिय किशोरको अपहरणपछि हत्या गरिएको आशङ्का

दुहवीका १७ बर्षिय किशोरको अपहरणपछि हत्या गरिएको आशङ्का

विराटनगर । सुनसरीको दुहबीमा मसिंर १० गतेदेखि बेपत्ता भएका एक युवकको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । दुहबी २ स्थित सुभ लक्ष्मी खाद्य उघोगको पछाडिको भागमा हत्या गरिएको अवस्थामा सोमबार बिहान ५ बजे शव भेटिएको हो । शव दुहबी २ कै १७ वर्षीय सुजन नारायण चौधरीको भएको बताइएको छ ।


उनी मसिंर १० गतेदेखि बेपत्ता थिए । कक्षा ११ मा अध्ययनरत चौधरीलाई अपहरण गरी हत्या गरिएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । मृतकका परिवारका अनुसार सुजन बेपत्ता भएकै दिन आमाको मोबाइलमा अज्ञात व्यक्तिले ’तिम्रो छोरा म सँग छ, पैसा दिनुपर्छ’ भनेर धम्की आएको बताइएको छ। धम्की आएपछि इलाका प्रहरी कार्यालय दुहबीमा घटनाको बारे जानकारी गराइएको थियो । पछि खोजतलास गर्ने क्रममा शव भेटिएको प्रहरीले जनाएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानले अपहरण हुन सक्ने आशङ्का गरिएको छ’ सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले भने ’हामी अनुसन्धानमै छौ’। मृतकको शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको सुनसरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्