नोबेल अगाडी खुल्यो बस्नेत स्टेशनरी, एकसय बढी प्रकारका सामाग्री पाइने

नोबेल अगाडी खुल्यो बस्नेत स्टेशनरी, एकसय बढी प्रकारका सामाग्री पाइने

विराटनगर । मेडिकल क्षेत्रका विद्यार्थीलाई लक्षित गर्दै विराटनगर–४ मा स्टेशनरी पसल सञ्चालनमा ल्याइएको छ । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल परिसर प्रवेशद्वार भन्दा पूर्व पट्टी नहरको सिताराम बजार लाइनमा स्टेशनरी पसल सञ्चालनमा ल्याइएको हो ।
पाथीभरा हाउजिङ कम्पनीले निर्माण गरेको सिताराम मार्केटमा अधिकांश फार्मेसीको मात्रै पसल रहेका छन् । त्यस क्षेत्रमा बस्नेत स्टेशनरी एण्ड स्पोर्टस् सप्लायर्सले स्टेशनरीका सामाग्रीको खुद्रा बिक्रीको कारोबार सोमबारबाट सुरु गरेको हो ।

स्टेशनरीसँग सम्बन्धित सम्पूर्ण सामाग्री एकै स्थानमा पाउन सकिने निर्देशक दिलिप बस्नेतले जानकारी दिनुभयो । कोरोना संक्रमणका कारण स्टेशनरीको कारोबार विस्तारै सुस्ताउँदै गएपछि विकल्पको रुपमा बजारको मागलाई ध्यानमा राखि मेडिकल क्षेत्रमा व्यवसाय विस्तार गरिएको हो । स्टेशनरी तथा स्पोर्टस् आईटमका वस्तु उत्पादन गर्ने विभिन्न कम्पनिको होलसेल बिक्रेता रहनु भएका बस्नेतले खुद्रा बिक्रेताको रुपमा कारोबार विस्तार गरेको जानकारी दिनुभयो ।

मेडिकल क्षेत्रका विद्यार्थी लक्षित स्टेशनरीसँगै विभिन्न अफिसियल प्रयोजन र दैनिक प्रयोगमा आउने सामाग्री समेत एकै छानामुनी उपलब्ध हुने निर्देशक बस्नेतले बताउनुभयो । उहाँका अनुसार झण्डै १०० बढी प्रकारका सामाग्री एकै स्थानबाट ग्राहकले खरिद गर्नसक्ने सुविधा दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्