विराटनगरमा ‘राम्रो बुटीक डट कम’ सञ्चालनमा

विराटनगरमा ‘राम्रो बुटीक डट कम’ सञ्चालनमा

विराटनगर । विराटनगर ९ रंगेली रोडस्थित श्रीकृष्ण ज्वेलरीको छेउमा ‘राम्रो बुटीक डट कम’ नामक बुटिक सञ्चालनमा आएको छ । बुटिक सोमबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

बुटिकको उद्घाटन अतिथि अजय गिरीले गर्नु भएको थियो । ‘राम्रो बुटीक डट कम’ सिप्रा घोसले सञ्चालनमा ल्याएकी हुन् । बुटिक मात्र नभई आर्टिफिसियल ज्वेलरी, ब्याग, रेडिमेड कपडाहरु समेत बुटिकमा उपलब्ध रहेको घोसले बताइन् ।

करिब २० लाख लगानीमा सञ्चालनमा आएको बुटिकमा १० जना कर्मचारी रहेका छन् । जसमध्ये २ जना दक्ष बुटिक मास्टर छन् । ‘राम्रो बुटीक डट कमले ग्राहकहरुलाई लक्षित गर्दै सिमित अवधिका लागि १० प्रतिशत छुट समेत गरेको छ । पहिरन पारखीको लागि ‘राम्रो बुटीक डट कम’ उपयुक्त स्थान बन्न सक्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्