विराटनगर जहदा रोडमा ‘दादी’ को पसल : भुल्नै सकिन्न पकौडा, दालपुरी र चपको स्वाद

<span class='c1'>विराटनगर जहदा रोडमा ‘दादी’ को पसल :</span> <span class='c2'>भुल्नै सकिन्न पकौडा, दालपुरी र चपको स्वाद</span>

एन्जु शिवाकोटी
विराटनगर । विराटनगर–१० जहदा रोड (चौक) दक्षिण सिद्धार्थ मार्ग जानेबाटो छ । जहदा चौकबाट केही कदम दक्षिण हिडेपछि एउटा चिया पसल जस्तो देखिने पसल छ । जहाँ मानिसहरुको बाक्लो भिड लाग्ने गरेको छ । वास्तवमा त्यहाँ चिया पिउन आउनेहरुको भिड भन्दा पकौडा खान आउनेहरुको संख्या धेरै छ ।

ती बृद्ध हुन् मिना शर्मा सबैकी ‘दादी’ । दादीको पकौडा पसलमा पकौडा मात्र होइन दालपुरी, बैगुन चप, धनिया चप, चिया आदि परिकार पाक्ने गर्छन् । एक पटक त्यहाँको पकौडा खाएका मानिसहरु फेरी अन्त जान रुचाउदैनन् । सारै मिठो परिकार पाक्छ दादीको पकौडा पसलमा ।

पसलको सुरुवात :

आज भन्दा ३५ बर्ष अगाडी हाल न्यूरो हस्पिटल भएको स्थानबाट दादीले आफ्नो पसल सुरु गरेकी थिइन् । उनी भन्छिन्, ‘त्यतिबेला त्यहाँ घरहरु धेरै थिएनन् । अनि पसलहरु कसैको थिएन । मैले सडक पेटीबाट पकौडा बेच्न सुरु गरेको थिए ।’
दादीको कुरामा सहि थप्दै उनका छोरा मनोज शर्मा भन्छन्, म त्यतिबेला ४–५ बर्षको मात्र थिए होला यताउतिका मानिसहरुले त्यति किन्दैनन् थिए । मलाई अलिअलि याद छ । जोगवनीबाट घोडामा आएका व्यापारीहरुले मात्र खाने गर्थे र फर्केर जादा लिएर पनि जान्थे ।

दादीका कुरा :

दादी विगतलाई सम्झदै भन्छिन् –‘विराटनगर पहिला यस्तो कहाँ थियो र सबैतिर जंगल थियो । यहाँ आँपको बगैंचा थियो । पसलहरु थिएनन् । जोगवनीबाट व्यापारिहरु कपडा, चप्पल लिएर व्यापारको लागि आउने गर्थे । तिनीहरुले गरेरै मेरो व्यापार चलेको थियो । पछिपछि घरहरु बाक्लिदै गए । यहाँका मान्छेले पनि किनेर खान थाले । राम्रोसँग चल्खै थियो व्यापार । यो कोरोना भन्ने विराम कहाँबाट आयो अहिले त पहिले जति हुदैन ।

दादीले विगत र वर्तमानलाई सम्झिदै कोरोना भाईरसका कारण व्यापार सुस्ताउदै गएको गुनासो गरिन । दादीका दुई छोरा छन् । उनको पसल छेउमा जेठा छोरा मनोजको फर्निचर छ । मनोज फुर्सदको समयमा आमालाई सघाउने गर्छन् ।
दादीको घर विराटनगर ८ असोक चौकमा छ । उनी बिहानको ५ बजे पसल खोल्ने गरि घरबाट निस्किन्छन् । पसल आई पुगेपछि छोराको फर्निचरबाट निस्किएको काठको भुुसलाई भुसे चुलामा भर्छिन् । र भुसे चुलामा आगो बालेसँगै उनको दैनिकी सुरु हुन्छ । विहानको समयमा मनोज आमालाई सहयोग गर्छन् ।


दादी खुसि हुदै भन्छिन्– ‘मैले पसल गरेको यतिका बर्ष भयो तर कसैसँग नराम्रो भएन । सबैले मैले पकाएको पकौडा खुब मन पराउछन् । जबसम्म मेरा हातखुट्टा चल्छन् तबसम्म म यस पसललाई छाड्दिन । मेरो जीवनको सजिलो अफ्ठ्यारो परिस्थितिमा मेरो साथ यहि पसल थियो ।’
दादीको पसलमा पकौडा किन्न आएका रंगेली नगरपालिका ९ का कञ्चन थापा भन्छन्,–‘म रंगेलीदेखि सधैं दुधको गाडि लिएर विराटनगर आउने गर्छु । रंगेली देखि विराटनगर आइपुग्दा थेरै ठाउँमा पकौडा बेच्न राखेको देख्छु । तर अन्त किन्न मन लाग्दैन । यहाँको जस्तो मिठो स्वाद अन्त कहाँ पाइन्छ ।’
त्यसै गरि विराटनगर ७ का श्रवन सहनी भन्छन्, ‘दादीको हातमा मिठासको जादू छ । यहाँ खाए जस्तो स्वादिष्ट अन्त कही मैले पाइन । खान त धेरै ठाउँ खाए । तर, यहाँको जस्तो कतै पाइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्