विराटनगरमा बढ्दो चोरी, नियन्त्रणमा सादा पोशाकमा प्रहरी

<span class='c1'>विराटनगरमा बढ्दो चोरी, नियन्त्रणमा</span> <span class='c2'>सादा पोशाकमा प्रहरी</span>

विराटनगर । मोरङको बुढिगंगास्थित इलाका प्रहरी कार्यालय निमुवाको टोलिले हातमा दश थान पानीको धारा बोकेर हिँडिरहेका एकजना व्यक्तिलाई राती भेट्यो । सोधपुछ गर्दा उनी कृष्ण आले भएको खुल्यो । प्रहरीले शंका लागेर नियन्त्रणमा लियो । कार्यालयमा ल्याएर सोधपुछ गर्दा घरका धाराको टुटी निकाल्दै हातमा बोकेर हिँडेको खुल्यो । तर, धारा नै चोरी भएको विषय लिएर कोहि पीडित आएनन् । आरोपित आशंका गरिएका उनलाई त्यसै अनुसन्धान गर्न मिलने । प्रहरीले छोड्यो ।

त्यस्तै अर्का रन्जित सहनीलाई प्रहरीले मोवाइल चोरी आरोपमा नियन्त्रणमा लियो । उनीमाथि पीडितको उजुरीका आधारमा मुद्दा प्रक्रिया बढ्यो । पछिल्लो समय विराटनगरमा साना चोरीका घटना ह्वात्तै बढेका छन् । दैनिक नै पक्राउ पर्दछन् आरोपी चोर, चोरीमा संलग्न हुन्छन् धेरथोर ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डिएसपी) मकेन्द्र मिश्रका अनुसार गुनासो धेरै आएपछि सादा पोशाकमा प्रहरी परिचालन गर्नुपरेको छ । प्रहरीले अहिले राती सादा पोशाकमा प्रहरी परिचालन गरेर बिना कारण त्यसै लखरलखर हिड्नेहरुमाथि निगरानी सुरु गरेको हो । यहि क्रममा पछिल्लो एक हप्ताको अवधीमा १५ जनालाई प्रहरीले चोरी आरोपमा नियन्त्रणमा लिएको छ । उनीहरु विरुद्ध ९ वटा मुद्दा दर्ता भएका छन् । संलग्नमध्ये एकजना यस अगाडी नै दोषी ठहर भई फरार रहेका व्यक्ति समेत रहेका छन् ।

बिद्युतमा आइरहने समस्या, सीमामा हुने अवैध कारोबारमा कडाई गरिएपछि त्यसको असर विराटनगर बजार क्षेत्रमा अझै बढेको प्रहरीको बुझाई छ । प्रहरी नायव उपरीक्षक मिश्रका अनुसार गर्मीमा घर बस्न नसक्ने बहानामा हिँडडुल गर्ने, अनि समूह बनाएर अर्काको घर छिर्ने क्रम बढेको छ । मंगलबार राती कटहरी ३ को जनप्रिय माध्यमिक विद्यालयको ताला समेत फोडिएको गुनासो प्रहरीमा आएको छ ।

डिएसपी मिश्रका अनुसार गर्मी भएपछि सबैका घरमा कि त सितल खोज्न कोठा छिर्ने, कि त सितल खोज्न छहारी खोज्ने हुन्छ । बिद्युत हुँदा कोठामा पस्ने अनि नहुँदा छहारी खोज्ने चलन हुन्छ । चोरीका लागि यहि मौका सबैभन्दा उपयुक्त हुने गरेको छ ।

सीमापार भारतीय बजारबाट सामान ओसारपसारमा कडाई गरिएपछि विकल्पमा चोरी रोज्नु परेको बताउने समेत फेला परेको प्रहरीको दावी छ । सीमा वारपार सामान क्यारिङ्ग गराउन विभिन्न स्थानका गौंडा खोलिएका थिए । ती धेरै गौंडामध्ये घरबाटै वारपार गर्ने दुला स्थानीय प्रशासनले टालिदिएको छ । रानी नाका आसपास सीमा नजिक बनेका घरमा भारततर्फ प्रस्थान गर्न राखिएका ढोका जिल्ला प्रशासन कार्यालय मोरङले अनुगमन गरेर टाल्न लगाएको हो । त्यस बाहेक नाघ्नसक्ने पर्खालमा समेत अहिले सशस्त्र प्रहरी बलले काँडेतार लगाउन थालेको छ । जसले सामान ओसारपसारमा परिचालन गर्ने गरेका थिए, उनीहरुले बाध्य भएर क्यारिङ्गको कारोबार रोकेका छन् । लगानी गरिदिने मान्छेको सामान ल्याएर तोकिएको पसलसम्म पु¥याए वापत कमिसन पाउनेहरुको रोजीरोटी खोसिएपछि चोरीका घटना बढेको प्रहरीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्