विराट आदर्श साहित्य मञ्चमा पुनः कटवाल दीपक

विराट आदर्श साहित्य मञ्चमा पुनः कटवाल दीपक

विराटनगर । विराट आदर्श साहित्य मञ्चको अध्यक्षमा युवा साहित्यकार कटवाल दीपक पुनः छानिएका छन् । विराटनगरमा शनिबार सम्पन्न मञ्चको छैटौं महाधिवेशनले कटवालको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

अध्यक्षसहित सबै सदस्य निर्विरोध चयन भएका हुन् । समितिको उपाध्यक्षमा सन्देश बाराकोटी, मोहन ढकाल, सचिवमा प्रभा पन्त र लक्ष्मी घिमिरे तथा सहसचिवमा माधव काफ्ले चयन भए । सविना श्रेष्ठ र अनिल खत्री कोषाध्यक्षमा छनौट भएका छन् ।

 


महाधिवेशनले अनुषा कटवाल (विराटनगर), दीपेन्द्र घिमिरे (झापा), सञ्जय गिरी (बेलबारी), कविता कोइराला (विराटनगर)। रोजिना कार्की (भोजपुर), सन्दीप बराल (धनकुटा), नविन भट्टराई (विराटनगर) सुष्मी केसी रेग्मी (विराटनगर), निर्मल गजुरेल (रंगेली), रचना बुढाथोकी, पूजा कटवाल (विराटनगर), अम्विका कार्की (इलाम), प्रदीप दाहाल (संखुवासभा) सदस्यमा चुनिएका छन् । त्यस्तै अन्य सस्दस्यमा सन्तोष मेहता (सुनसरी), युवराज सुवेदी, चन्द्रमोहन विश्वास (दुहबी), सद्दाम हुसेन (विराटनगर), कोषराज कोइराला (ओखलढुंगा), एञ्जल बस्नेत (विराटनगर), छविलाल भण्डारी (विराटनगर), भुवन दाहाल (झापा), उद्धव अधिकारी (विराटनगर), रमेश तिम्सिना (पोखरा), मिलन चाम्लिङ राई (धरान), रञ्जु पौडेल (सुन्दरहरैंचा) र नगेन्द्र खड्का (खोटाङ) निर्विरोध छनौट भएका छन् ।

समितिको प्रमुख सल्लाहकारमा युवा साहित्यकार एवं पत्रकार मीनकुमार नवोदित रहेका छन् भने हिसान मोरङका पूर्वअध्यक्ष बलराम पन्त, प्याब्सन मोरङका सचिव प्रेमलाल सुवाल, शिक्षासेवी आरसी कोइराला, भुवन नेपाल र पर्शराम घिमिरे सल्लाहकारमा मनोनित भएका छन् । मञ्चमा विभिन्न सामुदायिक र निजी कलेजमा अध्ययनरत कला, साहित्य र संगीतमा लागेका विद्यार्थीहरू आबद्ध छन् । मञ्चले विराटनगरसहित काठमाडौं, पोखरालगायतका स्थानमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ र वरिष्ठ आख्यानकार परशु प्रधानको ‘छिडीभरिको आकाश’ कथामा आधारित नाटक मञ्चन गरिसकेको छ । यसबाहेक ‘स्रष्टा र सिर्जना’ कार्यक्रमसमेत सञ्चालन गर्ने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्