गायक शृजय थपलियाको ‘विस्तारै’ सार्वजानिक

विराटनगर । भ्वाइस अफ नेपाल सिजन वानमा दोस्रो हुन सफल शृजय थपलियाको पहिलो एकल आवाजमा ‘विस्तारै’ बोलको गीत सार्वजनिक भएको छ । शृजय ‘विस्तारै’ गीतमा नयाँपनका साथ स्रोता माझ आएका हुन् ।


उनले मंसिर १९ गते आफ्नो आधिकारिक युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन् । शृजय र दिनेश श्रेष्ठले कम्पोज गरेको गीतमा प्रतिक थापाको लिरिक्स रहेको छ । त्यसै गरी गीतको एरेन्ज दिवेश मुल्मीले गरेका छन् ।

ओबी मिडियासँग कुरा गर्दै शृजयले भने ‘गीत सार्वजनिक गर्न केही ढिलाइ भए पनि ‘विस्तारै’ गीतले राम्रो प्रतिकृया पाइरहेको छ ।’ चाँडै अर्को गीत सार्वजनिक गर्ने तयारी गरिरहेका छौं । अब गीतहरु निरन्तर रुपमा तिन चार महिनाको फरका ल्याउने छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्