मार्सेलीको ‘भूमिकाभित्रका मार्सेली’ सार्वजनिक

मार्सेलीको ‘भूमिकाभित्रका मार्सेली’ सार्वजनिक

विराटनगर । उपभोक्ता जागरुक गराउँदै आएका कृष्णप्रसाद भण्डारी मार्सेलीको ‘भूमिकाभित्रका मार्सेली’ पुस्तकको विमोचन गरिएको छ । बुधबार नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा भर्चुअलमार्फत वरिष्ठ आख्यानकार परशु प्रधानले पुस्तकको विमोचन गर्नु भएको हो ।

भण्डारी विगत चार दशकभन्दा लामो समयदेखि उपभोक्ताका हकहितका लागि सक्रिय हुनुहुन्छ । समसामयिक विषयमा लेख रचनामा समेत मार्सेलीले कलम चलाउँदै आउनु भएको छ । विमोचन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रधानले पुस्तकले मार्सेलीको जन्मथलो, मार्सेलीका पुर्खा र मार्सेलीको सामाजिक भूमिकालाई उजागर गरेको बताउनुभयो ।

त्यस्तै नेपाल सरकारका पूर्वमुख्यसचिव विमलप्रसाद कोइरालाले पदीय प्रतिष्ठा अस्थायी हुने बताउँदै मार्सेलीका कर्महरू स्थायी हुने उल्लेख गर्नुभयो । यस्तै वरिष्ठ समालोचक दधिराज सुवेदीले मार्सेलीका विभिन्न भूमिकाका बारेमा प्रकाश पार्नुभयो । प्राज्ञ विवश पोखरेल र प्रतिमा निरौलाले समेत शुभकामना व्यक्त गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्