विराटनगरमा स्काईवर्थ सर्भिस सेन्टरको उद्घाटन

विराटनगरमा स्काईवर्थ सर्भिस सेन्टरको उद्घाटन

विराटनगर । केएल दुगड ग्रुपले विराटनगरमा स्काईवर्थ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । शुक्रबार सर्भिस सेन्टरको उद्घाटन कर्पोरेट हेड किरण डाँगाले गरेका हुन्। के.एल. दुगड ग्रुपको स्मार्ट एप्लाइन्सेस भित्रका इलोक्ट्रोनिक सामानहरूको सर्भिस गर्ने गरि सेन्टर स्थापना गरिएको रिजनल सेल्स मेनेजर राजा अन्सारीले बताए ।

सेल्सको साथसाथै सर्भिस पनि आवश्यकता पर्ने भएकोले ग्राहकहरूको सेवालाई मध्यनजर गर्दै सेन्टर सुरू गएको अन्सारीको दावी छ । ग्राहकलाई छिटो र सुलभ रूपमा सेवा प्रधान गर्न विराटनगरमा सर्भिस सेन्टर सुरू गरिएको सर्भिस हेड प्रसिद्ध बस्नेतले बताए । विराटनगरमा मात्र हैन नेपालको अन्य स्थानमा समेत सर्भिस सेन्टर स्थापना गरिने बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्