साहित्यकार पोखरेलको थारु संस्कृतिसम्बन्धी पुस्तकको विमोचन

साहित्यकार पोखरेलको थारु संस्कृतिसम्बन्धी पुस्तकको विमोचन

विराटनगर । अग्रज साहित्यकार मधु पोखरेलद्वारा लिखित पूर्वी थारु संस्मृति नामक पुस्तक शनिबार विराटनगर विमोचन गरिएको छ ।
विराट साहित्य संगमको आयोजनामा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता विपूलेन्द्र चक्रवर्ती, प्राज्ञ गंगा सुवेदी, राष्ट्रियसभाका पूर्व सदस्य एवं प्राज्ञ खेम नेपालीलगायतले संयुक्त रुपमा पुस्तकको विमोचन गर्नुभएको थियो । विमोचित पुस्तकका विषयमा लेखक दिनेश श्रेष्ठ र प्राध्यापक राम विश्वासले टिप्पणी गरेका थिए ।

पुस्तकमाथि टिप्पणी गर्दै उनीहरुले पुस्तकले थारु कला, संस्कृति र रहनसहन छर्लंग बनाएको उल्लेख गरे । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका चक्रवर्ती, डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी संरक्षक सरला चापागाईं, आयोजक संस्थाका अध्यक्ष ऋतु आसिक, सचिव गोपाल निर्भीकलगायतले पुस्तकका विषयमा आ–आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो । विमोचित पुस्तक साहित्यकार पोखरेलको दशौं कृति हो । यसअघि उहाँका कविता, गजल, निबन्ध, कथालगायतका विधाका कृति प्रकाशित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्