अवैध भित्रयाइएको प्याज बरामद

अवैध भित्रयाइएको प्याज बरामद

विराटनगर । मोरङ प्रहरीले विराटनगर–१४ जतुवा नहरबाट भारतबाट अवैध रुपमा भित्रयाइएको प्याज बरामद गरेको छ । ्प्रहरीले भन्सार छलेर नेपाल भित्र्याएको १८० केजी प्याज बरामद गरेको हो ।

नौ वटा बोरामा रहेको प्याजको बजार मूल्य १२ हजार ६०० हुन आउने मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा प्याज फेला पारेको हो । बरामद प्याज आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्