कोरोना माहामारीका कारण ९ महिनापछि विराटनगरका विद्यालय खुल्दै, के छ तयारी ? (भिडियो सहित)

विराटनगर । कोरोना भाइरस (कोभिड १९) का कारण गत चैत्र ५ गतेदेखी बन्द रहेका विराटनगर महानगरभित्रका निजी तथा सामुदायिक विद्यालयहरु भोली पुष २ गतेबाट संचालनमा आउदैछन् । कोरोना भाईरसको उच्च जोखिमका कारण सरकारले मुलुकभरका शिक्षण सस्थाहरु बन्द गराएको थियो । झण्डै १० महिनासम्म बन्द भएका विद्यालयहरु भोलीबाट संचालनमा आउने भएका हुन् ।

गत मंसिर २१ गते नगर शिक्षा समितिको बैठकले विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक समिति, वडा कार्यालयसँग समन्वय गरी विद्यालय खोल्न अनुमति दिने निर्णय गरेको हो । विद्यालय संचालन गर्दा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड र विद्यालय सञ्चालन कार्यविधि अपनाएर विद्यालय खोल्न महानगरपालिकाले अनुमति दिएको छ ।

शिक्षा समितिले विद्यालयहरुलाई अभिभावकहरुसँग अनिवार्य छलफल गरी सहमतिका आधारमा मात्र विद्यालय सञ्चालन आग्रह गरेको छ । शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालन कार्यढाँचाले तोकेको मापदण्ड बमोजिम विद्यालय संचालन गर्नुपर्ने शिक्षा महाशाखा प्रमुख दुर्गा खतिवडाले बताउनुभयो ।

यता विराटनगरका विद्यालयहरुले पनि विद्यार्थीका अभिभावकहरुसँग छलफल गरेर विद्यालय संचालनको लागी तयारीमा जुटेको बताएका छन् । कोरोना भाइरसका कारण बन्दभएका विद्यालय ९ महिनापछि संचालन गर्न लागेको छौ जेसिबाल सदन स्कुलकी प्रिन्सीपल सुनिता भटराईले बताउनुभयो । भोलीदेखी संचालन गर्न लागिएको विद्यालयमा विद्यार्थीहरुलाई स्वास्थ्य मापदण्ड पुरा गरेर मात्र विद्यालय संचालन गरिने भटराईले बताउनुभयो ।

त्यस्तै विराटनगर १६ मा रहेकौ गौतम बुद्ध स्कुलका प्रिन्सीपल केशवलालसिह सुवालले पनि शिक्षा समितिले तोकेको सात बुदे विद्यालय संचालन सम्बन्धी निर्देशिका अनुसार आफुहरु भोलीदेखी विद्यालय संचालन गर्न तयारीमा रहेको जानकारी दिनुभयो ।
विद्यालयमा कोही विद्यार्थीहरुको कुनै पनि लक्षणदेखेमा त्यसको लागी पनि आईशोलेशन सहित बेडको व्यावस्था गरिएको सुवालले बताउनुभयो ।

यता विराटनगर १३ सैनिक टोलमा रहेको श्री बाल माध्यमिक विद्यालयका प्रध्यानाध्यपाक गोविन्द गजुरेलले शिक्षा मन्त्रालयबाट जारी भएको विद्यालय संचालन सम्बन्धी कार्य ढाचा अनुसार भोलीदेखी विद्यालय संचालन गर्ने तयारीमा जुटेको बताउनुभयो ।
९ महिना सम्म बन्द भएको विद्यालय भोलीदेखी संचालनमा छन् । विद्यालयहरुले आफुहरु भोलीदेखी विद्यालय संचालन गर्न तयारीमा जुटिहँदा यता विद्यार्थी तथा अभिभावकहरु पनि उत्साहित रहेका छन् । विराटनगर १२ निवासी जेसीबाल स्कुलमा अध्ययनरत विद्यार्थी सज्जा न्यौपानेले लामो समयपछि विद्यालय जानपाउदा धेरै खुशी लागेको बताईन् । स्कुलजाँदा अनिवार्यरुपमा फेसशिल्डको साथमा मास्क र सेनिटाईजर बोकेर स्कुल जाने बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्