विराटनगर गुद्रीबाटै अवैध प्याज बरामद

विराटनगर गुद्रीबाटै अवैध प्याज बरामद

विराटनगर । प्रहरीले विराटननगर–११ मा रहेको नयाँ गुद्री परिसरबाटै अवैध रूपमा भन्सार छली गरी ल्याएको दुईहजार ४०० केजी प्याज बरामद गरेको छ । भारतबाट अवैध रुपमा भित्र्याइएको ६३ बोरा प्याज प्रहरीले बरामद गरेको हो ।

प्रहरीले भन्सार छलेर प्याज भित्र्याएको सूचना पाएपछि विशेष निगरानी गरेको थियो । प्याज ल्याउने व्यक्ति पक्राउ भने गरिएको छैन । गुद्रीमा ल्याएको प्याज अनलोड गर्ने बितिकै प्रहरीले थाहा पाएर पुगेको थियो । त्यसपछि प्याज मेरो हो भनेर कसैले पनि दावी नगरेकोले प्रहरीले वेवारिसे अवस्थामा रहेको भन्दै बरामद गरेर भन्सार कार्यालय रानीमा बुझाएको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्