एकसय प्लम्बरलाई जलका उत्पादन बारे अभिमुखीकरण

एकसय प्लम्बरलाई जलका उत्पादन बारे अभिमुखीकरण

विराटनगर । महालक्ष्मी कम्पनिको जल सीपीभीसी पाइपको विषयमा कम्पनिले एकसय प्लम्बरलाई अभिमुखिकरण तालिम प्रदान गरेको छ । कम्पनीले आफ्नो कम्पनी अवलोकन गर्न आएका प्राविधिक प्लम्बरहरुलाई अभिमुखिकरण तालिम प्रदान गरेको हो ।

कम्पनीका उत्पादन गुणस्तरीय र उत्कृष्ट हुनुका साथै ग्राहकले अत्याधिक रुचाउने गरिएको दावी गर्दै प्लम्बरहरुलाई अभिमुखीकरण गरिएको थियो । महालक्ष्मी कम्पनिका सञ्चालक पारस लुनियाका कम्पनीले आवश्यक कच्चा पदार्थ जापानको सेकिसुई कम्पनीबाट आयात गरेर नेपालमै उत्कृष्ट र स्मार्ट सामाग्री उत्पादन गर्दै आएको छ ।

कम्पनिल पटक नेपालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गरेको दावी गरिएको छ । यस कम्पनीका उत्पादनहरु चिसो तथा तातो दुबै पानिका लागि उपयुक्त हुने, चुहावट रहित, खिया प्रतिरोधात्मक विशेषता रहेको कम्पनिको भनाई छ ।

कार्यक्रममा मोरङ्गका बेलबारी, खोर्साने, पथरी, विराटचोक लगायतका क्षेत्रबाट १ सय प्राविधिक प्लम्बरहरुले सहभागिता जनाएका थिए । प्लम्बरहरुले पाइप र फिटिङका बारेमा विस्तृत रुपमा जानकारी लिएका हुन् । कार्यक्रममा कम्पनीका प्रोडक्सन म्यानेजर सुनिल कुमार, प्रदेश १ बजार प्रबन्धक राहुल गुप्ता, प्राविधिक प्रमुख तथा बजार अधिकृत सुभम दुगड, प्राविधिक प्रोप्राइटर गिरिस लुनिया र बजार कार्यकारी विक्रम श्रेष्ठ लगायतले अभिमुखिकरण तालिम दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्