शुक्रबारदेखी विराटनगरका सिनेमा हल संचालन गर्ने तयारीमा (भिडियो रिर्पोट)

प्रेम देवान

विराटनगर । कोरोना भाइरस कोभिड १९ का कारण विगत ९ महिनादेखी बन्द रहेका सिनेमा हलहरु भोली शुत्रबारदेखी संचालकहरु आफ्नै रिक्समा खोल्ने तयारीमा जुटेका छन् । सरकारले अझै पनि सिनेमा हलहरुलाई पूर्ण रुपमा संचालन गर्न भने अनुमति दिएको छैन । तर, नौ महिनादेखी ठप्प रहेका सिनेमा घरहरु शुक्रबारदेखी संचालकहरु सञ्चालनमा ल्याउने भएका हुन् ।

चलचित्र संघले केहीदिन अघिदेखी नै पुष १० गतेबाट संचालन गर्ने निर्णय गरेको थियो । उत्त निर्णयपछि देशभरका साना तथा ठूला मल्टिप्लेक्स संचालन गर्न तयारीमा छन् ।
आवश्यक स्वास्थ्य मापदण्ड पुरा गरेर हलहरु संचालन गर्ने भएका छन् । कोरोना माहामारीका कारण ९ महिनादेखी चपेटामा रहेका हलहरु सरकारले खोल्न नदिए पनि आवश्यक स्वास्थ्य मापदण्ड पुरा गरेर एकतर्फी हल खोल्न लागेको हिमालय हलका मेनेजर मनोज मण्डलले बताए ।

हलमा दर्शक नआए पनि सिनेहरु घर अब चाही संचालनमा छन् है भन्ने सन्देश दिनको लागी भएपनि खोल्न लागिएको मण्डल बुझाई छ । लामो समयदेखी बन्द भएका हलहरुलाई राज्यले केही राहत दिनुपर्ने मण्डलको माग छ ।
यहाँका हलहरुले २ नेपाली र २ अंग्रेजी चलचित्र प्रदर्शन गर्ने तयारीमा छन् । जसअनुसार, नेपाली चलचित्र ‘आमा र सेन्टी भाइरस’ रिलिज हुँदैछन् । यी दुबै चलचित्र गतबर्षको फागुन ९ गतेबाट रिलिज भएका थिए । तर, कोरोना महामारीका कारण यी चलचित्रहरु रिलिज हुँदाहुँदै रोकिएका थिए ।

चलचित्र संघले विभिन्न माग राख्दै पुष १० गतेबाट हलहरु संचालन गर्न सरकारसँग माग राख्दै आएको थियो । सरकारले अहिलेसम्म कुनै निर्णय भने गरेको छैन । यता सरकारले भने सिनेमा हल बाहेक क्षेत्र संचालन गर्ने अनुमति दिसकेका कारण सिनेमा हल पनि अब खोल्न दिनुपर्ने विराटनगरमा रहेको सिटी सेनेमा हलका जनरल मेनेजर शंकर मेहता बताए । चलचित्र संघ , चलचित्र विकास बोर्ड लगायत हलसंचालकहरुले सरकारसँग पटक पटक हल संचालन गर्नुदिनुपर्ने माग राख्दै आएका छौ मेहताले भने, हेरौ सरकारले हाम्रो कुरा सुनिदेला भन्ने आशामा छौ ।
चलचित्र सेक्टरलाई उद्योगमा लानुपर्ने , चलचित्र विकास शुल्क लगायत राज्यले हलहरुबाट लिन करमा छुट दिनुपर्ने मेहताको अपेक्षा छ ।
भोलीदेखी हलहरुलाई चलायामान राख्ने र आवश्यक स्वास्थ्य मापदण्डलाई पुर्ण पालना गरी हल संचालन गर्ने तयारीमा रहेको मेहताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्