अन्तःशुल्कबाहेक आन्तरिक राजस्व कार्यालय विराटनगरले पाँच महिनाको लक्ष्य भेट्यो

अन्तःशुल्कबाहेक आन्तरिक राजस्व कार्यालय विराटनगरले पाँच महिनाको लक्ष्य भेट्यो

विराटनगर । कोभिडका कारण मदिराको विक्री घटेको र गुट्खा उद्योगहरूले अन्तःशुल्कमा ठगी गर्ने गरेका कारण आन्तरिक राजश्व कार्यालय विराटनगरको अन्तःशुल्कको रकमले लक्ष्य भेट्टाउन नसकेपनि अन्य दुई शिर्षकमा भने उत्साहजनक प्रगति हाँसिल गरेको छ ।

अन्तःशुल्कमा परेको प्रभावका कारण कुल प्रगतिमा असर पुगेको छ । तर मूल्य अभिवृद्धि करतर्फ भने कार्यालयले १ सय ५९ प्रतिशत प्रगति गरेको छ। भ्याट मङसिरसम्मको लक्ष्य ५९ करोड ६५ लाख रहेकोमा कार्यालयले ९४ करोड ७५ लाख सङ्कलन गरेको हो। कोभिडका कारण सीमा क्षेत्र नियन्त्रण भएकाले स्वदेशी उत्पादनको विक्री बढेका कारण मूअकरको लक्ष्यमा उत्साहजनक प्रगति भएको दावी गरिएको छ ।

त्यस्तै आयकरमा पनि लक्ष्यभन्दा बढी प्रगति भएको छ। आयकरको मङ्सिरसम्मको लक्ष्य ७१ करोड १० लाख रहेकोमा ८४ करोड २४ लाख असुल गरी १ सय १८ प्रतिशत प्रगति भएको कार्यालयले जनाएको छ। कार्यालयको मङसिरसम्मको कुल लक्ष्य २ अर्ब ९० करोड ५२ लाख रहेकोमा २ अर्ब ७० करोड ६१ लाख असुल गरी ९३ प्रतिशत प्रगति भएको तथ्याङ्क कार्यालयले उपलब्ध गराएको छ।
तर,मङसिर महिनासम्म कार्यालयले अन्तःशुल्क शीर्षकमा १ अर्ब ५९ करोड ७६ लाख सङ्कलन गर्ने लक्ष्य राखेकोमा ९१ करोड ६२ लाख मात्रै अर्थात् लक्ष्यको ५७ प्रतिशत प्रगति गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्