इलेक्ट्रा इलेक्ट्रिक पाँचौ बर्षमा, २ वटा नयाँँ उत्पादन बजारमा

इलेक्ट्रा इलेक्ट्रिक पाँचौ बर्षमा, २ वटा नयाँँ उत्पादन बजारमा

विराटनगर । चर्चित ब्राण्ड इलेक्ट्रा इलेक्ट्रिकले विराटनगरमा आफ्नो पाँचौ वार्षिकोत्सव मनाएको छ । स्थापना भएको पाँचौ वार्षिकोत्सवको अवसर विराटनगरको विग होटलमा शुक्रबार राती एक भव्य समारोह बिच इलेक्ट्राले आफ्नो दुई उत्पादन सार्वजसनक गरेको छ ।
कम्पनीका अध्यक्ष सत्यनारायण अग्रवाल, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र नेपाली चर्चित नायिका केकी अधिकारीले कम्पनीका नयाँ उत्पादन एन्टी ब्याक्टेरियल अमोर स्विच र राइनो एफआरएलएस वायर सार्वजनिक गरेका थिए ।

कम्पनीका अनुसार अमोर स्विच नेपालकै पहिलो र एकमात्र एन्टी ब्याक्टेरियल स्वीच रहेको र ९९.९९ प्रतिशत भाइरसबाट सुरक्षित रहेको कम्पनीको दाबी गरेको छ ।
कोरोना भाइरस सङ्क्रमणले सबैलाई आक्रान्त बनाएको बेला उपभोक्तालाई सुरक्षित राख्ने उद्देश्यका साथ नयाँ उत्पादन बजारमा ल्याइएको कम्पनीका प्रबन्धक गोपाल अग्रवालले जानकारी दिए ।कम्पनीले सार्वजनिक गरेको राइनो एफआरएलएस वायरमा आगो नफैलिने र तारमा आगो लागि हाले पनि हानिकारक विषालु धुँवा नफैलिने कम्पनीको दाबी छ ।

इलेक्ट्रा इलेक्ट्रिकको उत्पादन सार्वजनिकीकरण कार्यक्रममा कम्पनीका देशैभरका होलसेल एवम् खुद्रा बिक्रेता र विराटनगरका अन्य व्यवसायीहरुको उपस्थिती थियो । कार्यक्रममा भाइरल डान्स ग्रुपका कलाकार र गायक सुमित खड्काले प्रस्तुत गरेको साँगितीक कार्यक्रमले गर्दा कार्यक्रमलाई थप मनोरन्जन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्