विराटनगरमा ‘किरात राई समुदायको प्रथाजनित कानुन’ पुस्तक बिमोचन

विराटनगरमा ‘किरात राई समुदायको प्रथाजनित कानुन’ पुस्तक बिमोचन

विराटनगर । पत्रकार नारायण राईद्वारा लेखन गरेको ‘किरात राई समुदायको प्रथाजनित कानुन’ नामक पुस्तक बिमोचन गरिएको छ । विराटनगर ११ स्थित साकेला थानमा बुधबार उक्त पुस्तक बिमोचन गरिएको हो ।

किरात राई समुदायको प्रथाजनित कानुन नामक पुस्तकको बिमोचन प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र धरान उपमहानगरपालिका प्रमुख तिलक राईले गरेका थिए ।
१ सय ४५ पेज रहेको उक्त पुस्तकमा किरात राईहरूको लोप हुँदै गएको प्रथाजनित कानुनहरू समावेश गरिएको छ । पत्रकार राईले गाउँबस्तीहरुमा सिमित रहिरहेका किरात राई समुदायको प्रथाजनित कानुनहरुलाई अध्ययन गरी दस्ताबेजीकरण गरेर पुस्तकको रुपमा प्रकाशन गरेको बताए ।

यस पुस्तकबाट किरात राईहरुको र समग्र किराती समुदायको मौलिक संस्कार, संस्कृति परम्परागत प्रथाजन्य कानुनहरुलाई संरक्षण र विकास गर्ने कार्यमा कोशेढुङ्गा साविक हुने बताइएको छ । पत्रकार राईले लामो समयपछि गहन अनुसन्धान गरि उक्त पुस्तक लेखेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्