इष्ट्रन स्टार कृषि सहकारी संस्था लिमिटेडको आठौं साधारण सभा सम्पन्न

इष्ट्रन स्टार कृषि सहकारी संस्था लिमिटेडको आठौं साधारण सभा सम्पन्न

विराटनगर । इष्ट्रन स्टार कृषि सहकारी संस्था लिमिटेड विराटनगरको आठौं साधारण सभा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघका केन्द्रिय उपाध्यक्ष रमेश पोखरलले उद्घाटन गर्नु भएको साधारणसभा विविध कार्यक्रमसहित सम्पन्न भएको हो ।

उपाध्यक्ष पोखरेलले उद्घाटन सभालाई सम्बोधन गर्दै सहकारीले महिला सशक्तिकरणमा टेवा पुगेको बताएका छन् । सहकारी संस्थामा आवद्ध महिलाहरुमा नेतृत्व विकास भएको साथै वित्तिय शिक्षा दिएको उनको भनाई छ । ठुलो आकार र योजना लिएर अगाडी बढिरहेको उक्त सस्था विशेष गरी कृषि क्षेत्रलाई प्राथमिकता दिएर व्यवसायीक ढंगबाट अगाडी बढिरहेको पोखरेलले बताए ।

संस्थाकी अध्यक्ष यशोदा राईको सभापतित्वमा सम्पन्न सभामा वर्षको उत्कृष्ट कर्मचारीकोरुपमा प्रतिक श्रेष्ठलाई पुरस्कृत गरिएको छ । वार्षिक साधरणसभामा सस्थाकी अध्यक्ष राईले संस्थाको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।
प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७५÷७६ मा १ करोड १६ लाख ३० हजार एक सय ३९ दशमलव ४६ आम्दानी गरेको छ । भने संस्थाले उक्त आम्दानीबाट ५ करोड ९७ लाख एक हजार ० ह्रास कटाएर एक करोड १० लाख ३३ हजार एक सय २ दशमलप ६६ खुद आम्दानी गरेको जानकारी दिए ।

0
संस्थाले यस आर्थिक वर्षमा कृषि परियोजना लगानी ६।५१ प्रतिशतले रु २१ लाख ९० हजार ४ सय ४३दशमलव ७९ ले वृद्धि भएको छ । आर्थिक वर्ष ०७६÷०७७ को अन्त्यमा तीन करोड ५८ लाख ३७ हजार तीन सय ५८ दशमलव९८ भएको छ । जसमा विभिन्न कृषि परियोजना माछा पालन, बाँस खेती, कागती खेती लगायतमा लगानी बढाउन संस्था सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्