अम्बानीलाई जित्दै चीनका सनसान, बने एशियाकै धनी [भिडियो]

भारतका मुकेश अम्बानी यस अघि एशिया कै सबै भन्दा धनि व्यक्ति थिए तर अब उनको यो उपाधी चिनका जोङ सनसानले खोसेका छन् । धनिहरुको सूचि तयार पार्ने ब्लुमबर्ग बिलेनियर्स इण्डेक्सका अनुसार उनले अम्बानीलाई पछि पार्दै एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् ।

जोङलाई कोरोना महामारी निक्कै फलिफाप भयो र सन् २०२० मा मात्र उनको सम्पत्तिमा सात अर्ब डलरले वृद्धि भयो । विश्वलाई नै अक्रान्त पारेको महामारी उनलाई अवसर हुनुको कारण हो उनी भ्याक्सिन तथा बोतलको पानी उत्पादन गर्ने कम्पनीका मालिक हुन् । ब्लुमबर्ग बिलेनियर्स इण्डेक्सका अनुसार जोङले यसै वर्ष आफ्नो भ्याक्सिन निर्माण कम्पनी बेइजिङ वान्टाइ बायोलोजिकल कम्पनीलाई चीनको सेयर बजारमा सूचीकृत गराएका थिए । यसबाट पनि उनको सम्पत्ति थपिएको थियो ।
'लोन उल्फ'को नामबाट पनि परिचित जोङको कूल सम्पत्ति ७७.८ अर्ब डलर रहेको छ । एशिया कै पहिलो धनाढ्य उनी विश्वभरमा भने ११ औं सबैभन्दा धनी व्यक्ति हुन् ।

संयुक्त राष्ट्रसंघको अनुसार दैनिक १.९० डलरभन्दा कम कमाउने व्यक्तिलाई गरिब मान्ने गरिन्छ । यो भनेको वर्षको करिब ६ सय ९३ डलर भन्दा कम कमाउने व्यक्ति गरिबको श्रेणीमा आउँदछ ।
संसारभर कति गरिबहरु छन् भन्ने ठ्याक्कै भन्न नसकिएला तर संसारका केहि सिमित व्यक्तिहरुसँग यति मात्रामा सम्पत्ति छ कि बाँकि रहेका अरु मानिसहरुको संयुक्त सम्पत्ति भन्दा पनि त्यो अत्यन्त बढि हुन्छ । जोङले २०२० भरिमा कमाएको रकम मात्रले पनि संसारको ११ करोड भन्दा बढि व्यक्तिलाई गरिबिको रेखाबाट माथि उठाउन सक्छ । तर वास्तविकतामा फर्केर हेर्दा, न त अर्थसास्त्र यति सहज छ न त संसार नै यति सजिलो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्