विराटनगरमा खुल्यो ‘स्पोर्टस् सप

विराटनगरमा खुल्यो ‘स्पोर्टस् सप

विराटनगर । विराटनगरमा पहिलो पटक जिम सम्बन्धि सम्पूर्ण सामान एकै ठाँउमा उपलब्ध हुने भएको छ । आइतबारदेखि महेन्द्र चोकमा ‘स्पोर्ट्स सप’ डिलर अभिषेक धमलाले सञ्चालनमा ल्याएका हुन् । ‘स्पोर्ट्स सप’ डिलर मा जिम सम्बन्धि सम्पूर्ण सामानहरु पाउन सकिने सञ्चालक धमलाले बताए ।

मस्क्लेफर्म भन्ने यूएसको ब्राण्डका सामानहरु प्रदेश १ भरी उपलब्ध हुने गरी डिलर सञ्चालनमा ल्याइएको धमलाले बताए । ५० लाख लगानीमा सञ्चालनमा आएको उक्त डिलर प्रदेश १ कै मान्यता प्राप्त डिलर हो । उक्त डिलरको उद्घाटन पूर्वाञ्चल बाल आश्रमकी सिता देवीले गर्नु भएको थियो । ‘स्पोर्ट्स सप’ डिलरले माघ ८ गतेसम्म खरिदमा ५ प्रतिशत छुट दिएको धमलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्