काठमाडौँ । थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)का विद्यार्थीहरुले बेलायतमा पढ्न र काम गर्न पाउने भएका छन् । ब्रिटिस कलेजबाट स्नातकतह पास गर्ने नयाँ विद्यार्थीहरुलाई बेलायतको वर्किङ भिसाको अवसर आएको हो ।
कोरोना महामारीको कारण हाल अन्तर्राष्ट्रिय उडानहरु तथा ट्राभल प्रभावित भइरहेको बेला ब्रिटिस कलेजमा हाल स्नातक तहमा भर्ना भएका नयाँ विद्यार्थीहरुले यो सुविधा प्राप्त गर्ने भएका हुन् । विद्यार्थीहले नेपालमा एक देखि दुई वर्षसम्म अध्ययन गरेपछि बेलायत स्थानान्तरणको सुविधा प्राप्त गर्ने कलेजले बताएको छ ।
बेलायत सरकारले विश्वभरीका प्रतिभावान् विद्यार्थीहरुलाई भित्र्याउने योजनाअन्तर्गत स्नातक तहको पढाई गरिरहेकाहरुको लागि विशेष योजना ल्याएको हो, जसअन्तर्गत नेपालबाट ब्रिटिस कलेजमा स्नातक तह अध्ययन गर्ने विद्यार्थीहरुले पनि सहजै बेलायत स्थानान्तरण गर्ने छन् । हाल ब्रिटिस कलेज बेलायतको प्रख्यातमध्येको दुई विश्वविद्यालयहरु ‘द युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड (युडब्लुई) तथा लिड्स बेकेट युनिभर्सिटी (एलबीयु)को सम्बन्धनमा नेपालमा संचालन भइरहेको छ । युडब्लुई तथा एलबीयुबाट स्नातक तह पास गरेपछि ब्रिटिस कलेजले स्नातकोत्तर तहको लागि स्थानान्तरण गर्ने र यससँगै विद्यार्थीले दुई वर्षसम्मको लागिवर्किङ भिसाको अनुमति पनि प्राप्त गर्नेछन् । दुई वर्षसम्मको अवधिमा विद्यार्थीहरुले स्थायी काम पाएको खण्डमा उनीहरुले वर्किङ भिसाको अवधि पनि बढाउन सक्नेछन् । यदी वर्किङ भिसामा विद्यार्थीहरुले ५ वर्षसम्म काम गरेको खण्डमा स्थायी रुपमा बसोबास गर्ने अनुमति (आईएलआर)प्राप्तगर्नेछन् ।
कोरोनामहामारी फैलिइहेको बेला परिवार तथा स्वास्थ्यको ख्याल राख्दै शिक्षाबारे सहीनिर्णय लिने समय यहीभएको भन्दै कलेजले हालको समयमापनिगुणस्तरिय शिक्षाप्रदानगरिरहेको बताएकोे छ । कोरोनामहामारीकै कारण हालबेलायतलगायतविश्वकाअधिकांश देशमा रोजगारीको अवसर निकै कमभएको अवस्थामाकेहीवर्ष नेपालमा नै अध्ययन गरेरपुनः रोजगारीको पर्याप्तअवसर भएपछि विदेश जानु उत्तमहुने कलेजकोविश्वास छ । आफ्नो भविष्यको लागि सहीनिर्णय लिने समय यहीभएको र परिवारसँगै बसेर विश्वस्तरिय शिक्षा, बेलायतको विश्वविद्यालयको डिग्री साथै बेलायमा नै कामगर्ने अवसर प्राप्तहुने हुँदाब्रिटिस कलेज नै विद्यार्थीहरुको लागिउत्तमविकल्पभएको कलेजले बताएको छ ।
कलेजले बीबीए (हन्स),बीएस्सी (हन्स)कम्प्युटिङ एण्डबीएस्सी (हन्स)तथाहस्पिटालिटी विजनेशम्यानेजमेन्ट(बीएचएम)अध्ययनगर्नेविद्यार्थीहरुले योअवसरप्राप्तगर्नेकलेजकोभनाई छ ।