प्रहरीलाई देख्नासाथ सामान छोड्दै भाग्छन् तस्कर

प्रहरीलाई देख्नासाथ सामान छोड्दै भाग्छन् तस्कर

विराटनगर । मोरङ प्रहरीले अवैध रुपमा भित्र्याउँदै ४४ हजार मूल्य बराबरको सामान बरामद गरेको छ । प्रहरीको दावी अनुसार सामान वेवारिसे छोडेर भागेपछि बरामद गरिएको हो ।


प्रहरीले विराटनगर–१४ जतुवाबाट १४ हजार मूल्यबराबरको प्याज, लसुन, चिनी र बिस्कुट बरामद गरेको प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।
यसैगरी विराटनगर–१७ बाट १५० थान पर्स बरामद गरिएको । ३० हजार मूल्य बराबरको पर्स प्रहरीलाई देखेपछि छोडेर भागेको दावी प्रवक्ता राईले गर्नुभएको छ । नियन्त्रित सामान भन्सार कार्यालयमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्