विराटनगरमा ३ दिनदेखी अत्याधिक जाडो (भिडियो रिर्पोट )

विराटनगर । तीन दिनदेखि पूर्वी तराईमा अत्याधिक चिसो बढेको छ । शितलहरसँगै हुस्सुले विहानीपख आकाश ढाकिएको कारण जनजीवन पनि प्रभावित भएको छ ।
मौषम पुर्वानुमान महाशाखाका अनुसार देशभरको तराईका धेरै जसो स्थानहरुमा हुस्सु, कुहिरो लागेको छ । दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले तराईको जनजीवन कष्टकर बनेको हो ।
पश्चिमी वायु, बादल र हुस्सुका कारण बढेको चिसोले गर्दा पछिल्लो तीनदिन यता तराई क्षेत्रको जनजीवन प्रभावित बन्दै जान थालेको छ ।
विराटनगरमा पनि ३ दिनदेखी बढेको अत्याधिक चिसोको कारण विभिन्न चौक तथा गल्लीहरुमा सर्वसाधरणले आगो बालेर ताप्न थालेका छन् । विराटनगरका विभिन्न ठाँउका गल्ली तथा चौकहरुमा स्थानियवासीले दाउरा जम्मा गरी आगो बालेर बस्न थालेका छन् ।
मौसममा आएको परिवर्तनका कारण चिसो बढेसँगै न्यनू आर्थिक आयआर्जन भएका नागरिकको जनजीवन प्रभावित बनेको छ । त्यसका लागि स्थानीय तहले अहिले अतिआवश्यक परेका नागरिकलाई राहतका कार्यक्रम वितरण गर्ने काम सुरु गरिसकेका छन् । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय, विराटनगरका प्रमुख विकास देउजाका अनुसार बुधबार १२ बजे अगाडीसम्म विराटनगरको तापक्रम १०.२ डिग्री रहेको छ । पछिल्लो ३ दिनयता यो सबैभन्दा कम सूचिकृत तापक्रम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्