लावतीको उपन्यास ‘नौलोघर’को सार्वजनिक

लावतीको उपन्यास ‘नौलोघर’को सार्वजनिक

विराटनगर । उपन्यासकार विन्दुकुमार लावतीको उपन्यास ‘नौलोघर’ शनिबार विराटनगरमा विमोचन गरिएको छ । लावती परिवार पाँचथरले विराटनगरमा आयोजना गरेको कार्यक्रममा डा. भरत सुब्बा, प्राज्ञ विवश पोखरेल, वरिष्ठ समालोचक दधिराज सुवेदी, अग्रज साहित्यकार मधु पोखरेल, देवी पन्थी, सरला चापागार्इंलगायतले संयुक्त रुपमा उपन्यासको विमोचन गर्नुभएको थियो ।

उपन्यासको समीक्षा गर्दै वरिष्ठ समालोचक दधिराज सुवेदीले लिम्बू संस्कृति र संस्कारले भरिएको उपन्यासले पूर्वी पहाडी जिल्लाको जनजीवनलाई प्रस्तुत गरेको बताउनुभयो । उहाँले गाउँले बोलचालको भाषालाई उपन्यासमा उठाइएको बताउनुभयो । त्यस्तै समीक्षक हरि कट्टेलले उपन्यासमा कतै पनि खोट लगाउने ठाउँ नभएको बताउनुभयो ।

पाँचथर र तेह्रथुमतिरको लिम्बू समाजको सांस्कृतिक सौन्दर्य बुझ्न उपन्यासले प्रभावकारी भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयो । भाषाशैली सरल भएकाले पाठकले सजिलै बुझन सकिने उहाँले बताउनुभयो । कार्यक्रममा समालोचक हरिप्रसाद बरालले उपन्यासमा राणाकाल र प्रजातन्त्रकालमा गरिने दमन, शोषण र अत्याचारसँगै कारुणिक र संघर्षलाई देखाएको बताउनुभयो । २५ भागमा लेखिएको उपन्यास प्रगतिशील, संघर्षशील र सत्य घटनामा आधारित भएको उहाँले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्