झोराहाटमा ‘कोरोना टाइम्स’ नाटक मञ्चन

झोराहाटमा ‘कोरोना टाइम्स’ नाटक मञ्चन

विराटनगर । झोराहाट नाटक घरमा ‘कोरोना टाइम्स’ नाटक मञ्चन भएको छ । आइतबार बिहान ९ बजे मञ्चन भएको ‘कोरोना टाइम्स’ नाटकको निर्देशन सुरज माझिले गरेका थिए । नाटकको कोरस सुदिप जङ्ग कार्कीे गरेका थिए भनि प्रकाश व्यवस्थापन पनि उनकै रहेको थियो । त्यसैगरी नाटकमा ध्वनी व्यवस्थानपनमा चन्दन माझी रहेका थिए ।

कोरोनाले मानिसहरुमा निम्त्याएको समस्या तथा शैक्षिक क्षेत्रमा परेको असरलाई ‘कोरोना टाइम्स’ नाटक मार्फत देखाउन खोजिएको सुदिप जङ्ग कार्कीले बताए । नाटकमा सुरझ माझि, प्रदिप सरदार र प्रवेश तिमसिनाले अभिनय गरेका थिए ।
१ सय २० सिट क्षमता भएको झोराहाट नाटक घरमा १ सय बढी मानिसहरुको उपस्थिती रहेको थियो । ‘कोरोना टाइम्स’ नाटक हेर्नको लागि झोराहाट सरस्वती विद्यालय तथा दमकबाट दर्शकहरुको आएको कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्