१० नेपालीको केटु हिमाल आरोहण किन किर्तिमानी हो ?

नेपाली राष्ट्रियगान गाउँदै चन्द्रसुर्य झन्डासहित हिमाल आरोहण गरिरहेको आरोहिहरुको भिडियो इन्टरनेटमा यसरी भाइरल भइरहेको छ जसले नेपाली शिर उच्च मात्र पार्ने होइन संसारलाई नै नेपालको साहस देखाएको छ । उक्त भिडियो १० जना नेपाली पर्वतारोहि समुहले पाकिस्तानमा रहेको माउन्ट के टु आरोहण गर्दाको हो । 

माउन्ट केटु (K२) सगरमाथा पछि पृथ्वीको दोश्रो सबै भन्दा अग्लो पर्वत हो। जसको ऊँचाई ८ हजार ६ सय ११ मिटर छ । केटु कराकोरम श्रेणीको हिस्सा हो जुन पाकिस्तानको गिलगितमा गिलगित-बल्टिस्तान र चीनको क्सिन्जियांगको टैक्सकोर्गन तजिक स्वायत्त देशको सिमामा स्थित छ। चीन तर्फबाट केटुमाथि आरोहण गर्न धेरै खतरनाक भएरै हो यसको आरोहण पाकिस्तान तर्फबाट धेरै गरिन्छ। यस पर्वतको अप्ठेरोपन र आठ हजारीमा दोश्रो सबैभन्दा धेरै मृत्यु दर भएकाले केटु पर्वतारोही बीच क्रुर पर्वत भनेर पनि चिनिन्छ। यसको आरोहणको प्रयास गर्ने ४ मध्ये एक पर्वतारोहिको मृत्यु भएको तथ्याकंले देखाउछ 

तर यस पटकको हिउँद याममा नेपाली आरोहिहरुले अचम्मै गरे, 

निर्मल पुर्जा, मिङ्मा शेर्पा, किली पेम्बा शर्पा, दावा तेन्जिङ शेर्पा लगायतको १० जना नेपाली पर्वतारोहीको टोलीले  माघ ३ गते शनिवार साँझ करिब ५:४५ बजे केटु शिखर चुमेका छन् ।

आठ हजारभन्दा अग्ला हिमालमध्ये केटु मात्रै यस्तो हिमाल थियो जुन हिउँदमा चढ्न सकिएको थिएन।  केटु हिमाल आरोहण गर्नुलाई निकै कठिन र संसारकै खतरनाक हिमाल मानिन्छ।

सगरमाथापछिको विश्वकै दोस्रो अग्लो हिमाल केटुको आरोहण हिउँदमा यसअघि कहिलै भएको थिएन। 

उपयुक्त मानिने ग्रिस्म वा वसन्त मौसममा समेत यसको आरोहण निक्कै अप्ठ्यारो मानिने गरिन्छ । यसको चुचुरोमा ४ सय भन्दा कम व्यक्तिहरु मात्र पुगेका छन् । यसको चुचुरोमा भन्दा बढि व्यक्तिहरु बरु अन्तरिक्षमा गएका छन् । 

तर यस पटकको हिउँदमा यसको आरोहण एक होइन १० जना नेपाली आरोहिले यसको सफल आरोहण गरिसकेपछि यस हिमालमा मानव सभ्यताको जीत हिँउद महिनामा समेत हुन पुगेको छ । 

यसबाट नेपाली र अन्य विश्वका मानिसहरु भन्दा बढि पाकिस्तानीहरु खुसी भएका छन् । 

माउन्ट केटुको सफल आरोहण सकेर फर्किएको नेपाली पर्वतारोही टोलीलाई पाकिस्तानमा भव्य अभिन्दन् गरिएको थियो। पाकिस्तानका सेना प्रमुख र राष्ट्रपतिले भेटेर उनीहरुलाई यस बहादुरी र महत्वपुर्ण कार्यका लागि बधाई तथा धन्यवाद दिएका थिए। यसै गरि यो टोलीको साहसको तारिफ गर्दै भारतीय काँग्रेसका प्रमुख राहुल गान्धीले शुभकामना दिए । साथै उनीहरुको नेपालमा समेत नागरिक अनि प्रधानमन्त्रीस्तरबाटै भव्य स्वागत तथा सम्मान व्यक्त भएको थियो । 

विश्वको सर्वोच्च शिखर सगरमाथा अर्थात माउन्ट एभरेस्ट नेपालमा छ । सगरमाथा र अन्य हिमालहरुसँग जोडेर विश्वले नेपाललाई शेर्पाहरुको देश पनि चिन्दछ । हिमाल आरोहणको क्षेत्रमा शेर्पा समुदायले नेपाल अनि विश्वालाई जे दिएको छ त्यसको कुनै तुलना हुँदैन । यस पटक यस अघि असम्भव भएको माउन्ट के टुको हिउँदे आरोहण सम्भव बनाउने सदस्यहरुलाई धेरै धेरै धन्य दिन चाहन्छौ । यहाँहरुलाई सलाम छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्