बिमल र बिमलालाई प्रतिभा पुरस्कार

बिमल र बिमलालाई प्रतिभा पुरस्कार

विराटनगर। नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यसवर्षको ‘प्रतिभा सम्मान २०२०’ वरिष्ठ साहित्यकार तथा भाषा संस्कृतिविद् डा. राजेन्द्र विमल (जनकपुर) । ‘प्रतिभा पुरस्कार–२०२०’ युवाकवि विमला तुम्खेवा (तेह्रथुम)लाई प्रदान गरिएको छ ।
नेपाली भाषा, साहित्यको विकास प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याएबापत विमललाई नगद रु ५० हजार र सम्मान–पत्रसहित सम्मान गरिएको हो । तुुम्खेवालाई एकलाख नगद राशीसहित सम्मान गरिएको थियो ।

ती दुबै पुरस्कार प्रतिष्ठानद्वारा शनिबार यहाँ आयोजित ‘प्रतिभा सम्मान तथा पुरस्कार समर्पण समारोह’ मा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ताम्रपत्र र नगदराशिको सम्मान थैली सम्मानीत स्रष्टालाई प्रदान गरे ।
युवाकवि तुम्खेवा खासगरी युवापुस्ताको समसामयिक विषयवस्तुमाथि सटिक ढङ्गले साहित्यको माध्यमबाट उजागर गर्दै आएका छन् । प्रखर लेखन क्षमता राख्ने तुम्बेवा महिला अधिकार सशत्तीकरणका निम्ति क्रीयाशिलका साथै पत्रकारिता तथा आख्यान लेखनमासमेत सक्रिय छन् । उनका विभिन्न कवितासङ्ग्रह प्रकाशित छन् ।

मधेशी मुलको भएर पनि नेपाली भाषा र साहित्यको विकास र प्रवद्र्धनमा डा विमलले महत्वपूर्ण भूमिका खेलेका छन् । नेपाली भाषाका साथै मैथिली भाषामा दक्खल राख्ने उनका एक दर्जन बढी कृतिहरु प्रकाशित छन् । लामोसमय विश्वविद्यालयमा नेपाली भाषाको प्राध्यापन गरेका डा विमल सरल र शालिन व्यक्तित्वका धनीका साथै यथार्थवादी, सन्देशमूलक कथाकारको रुपमा पनि आफ्नो परिचय बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्