भायानेटले ल्यायो ईएमआई अफर, पैसा किस्तामा तिर्न सकिने

भायानेटले ल्यायो ईएमआई अफर, पैसा किस्तामा तिर्न सकिने

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेटले किस्तामै शुल्क तिर्न सकिने सुविधा ल्याएको छ । ईएमआई अफर अन्तर्गत ग्राहकहरुले आफूले लिन चाहेको भायानेट इन्टरनेटको प्याकेजको वार्षिक ग्राहक बन्दा रकम एक मुष्ट नतिरी ईएमआई अर्थात् मासिक किस्ताबन्दीमा सरल रुपमा तिर्न सक्नेछन् । कम्पनीले आफ्ना वार्षिक ग्राहकलाई लक्षित गर्दै ईएमआई अफर ल्याएको हो ।


ग्राहकहरुलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्न यस्तो अफर ल्याइएको कम्पनीले जनाएको छ । यो अफर मार्फत् ग्राहकले १२ महिनाको अवधिको मासिक ईएमआई स्वरुप केवल १९५६ तिर्नेगरी ३० एमबीपीएस इन्टरनेट र भायाटिभी टेलिभिजन प्याकेज र त्यस सम्बन्धी लाग्ने सबै जडान खर्च, फाइबर वाईफाई डिभाइस र एउटा सेट–टप–बक्स ९वैकल्पिक० प्राप्त गर्न सक्नेछन् । ईएमआई अफर लिने ग्राहकलाई थप १००० रिवार्ड प्वाइट समेत उपलब्ध गराइने बताइएको छ । यो अफर भायानेटको अन्य प्याकेजमा पनि उपलब्ध हुनेछ । यो अफर हाल एनआईसी एसिया बैंकको क्रेडिट कार्ड ग्राहकहरुका लागि मात्र उपलब्ध छ ।

तर छिट्टै नबिल बैंक र अन्य बैंकहरुसँग पनि यसका लागि समझदारी हुने कम्पनीले जनाएको छ । यसरी ईएमआई अफरबाट ग्राहकहरुले एक वर्षको इन्टरनेट सहित जडान खर्च र डिभाइसहरुको मूल्य सजिलै मासिक रुपमा तिर्न सक्ने सुविधा पाउनेछन् । भायानेटले नेपालभर व्यवसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र गुणस्तरीय टेलिभिजन सेवा उपलब्ध गराउँदै आएको छ । आफ्ना ग्राहकहरुलाई सेवा दिने र अफरहरु प्रदान गर्ने मामिलामा भायानेट सधैं अगाडि हुने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्