साउथ इन्डियाका चर्चित कमेडियन ब्रह्मानन्दमको कथा

तपाइ साउथ इन्डियन अर्थात दक्षिण भारतिय चलचित्र कत्तिको हेर्नु हुन्छ ?
यदि केहि दक्षिण भारतिय चलचित्र मात्र हेर्नु भएको छ भने पनि तपाइले चिन्ने थोरै दक्षिण भारतिय अभिनेताहरुको अनुहारमा यो अनुहार आउछ होला । यो अनुहार दक्षिण भारतीय चलचित्रका चर्चित हाँस्य कलाकार ब्रह्मानन्दमको हो ।
दक्षिण भारतिय चलचित्र उद्योगका उनी एक यस्ता कलाकार हुन्, जो बिना चलचित्र हेर्नुको मज्जा नै नआउने दर्शकहरु बताउछन् र प्राय हरेक चलचित्रमा उनलाई सानै रोलमा भएपनि समावेश गरिन्छ ।

उनले खेलेको दर्जनौं चलचित्र हिट मात्र होइन ब्ल्कबस्टर नै भएका छन् । यिनै चर्चित हाँस्य कलाकारका बारेमा केहि रोचक तथ्य आजको भिडियोमा जानकारी दिन गईरहेका छौं ।

१ फेब्रुअरी १९५६ मा आन्ध्र प्रदेशको गुन्टुरमा जन्मिएका ब्रह्मान्नदमले सन् १९८६ मा आफ्नो करियर सुरु गरेदेखि अधिकांश दक्षिण भारतीय चलचित्रमा काम गरिरहेका छन्।
उनी एक चलचित्रको लागि एक करोड रूपैयाँ भन्दा बढि पारिश्रमिक लिन्छन् भने २४ घण्टामा पाँच लाख रूपैयाँ कमाउँछन् ।

तर धेरैलाई थाहा नहुन सक्छ कि उनी पहिले शिक्षक थिए र विद्यार्थीलाई पढाउँथे भनेर। अभिनयमा रुचि राख्ने उनी शिक्षण पेशालाई त्यागेर चलचित्र क्षेत्रमा लागेका थिए। उनले १९८६ बाट फिल्म अहा ना पेलान्ताबाट काम गर्न शुरु गरेका थिए। र अहिले उनी दक्षिण भारतीय चलचित्रको सबैभन्दा लोकप्रिय कलाकारमध्ये एक बनेका छन्।
सबैभन्दा बढी चलचित्रमा काम गर्ने अभिनेताको रूपमा उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत लेखिएको छ । यसका लागि उनले अहिलेसम्म एक हजारभन्दा बढी चलचित्रमा काम गरिसकेका छन्।

खासमा उनी कमेडियन हुन् तर उनले पाउने पारिश्रमिक भनेको कुनै सुपरस्टारभन्दा कम हुदैन । उनी साउथ इण्डियामा सबैभन्दा बढी कमाउने अभिनेताको सूचीमा पर्छन्। उनको पारिश्रमिक नै थुप्रै सुपरस्टारहरुको भन्दा बढी हुने गरेको छ।

उनको योगदानको कदर गर्दै भारत सरकारले सन् २००९ मा उनलाई पद्मश्री अवार्ड प्रदान गरेको थियो। यसका साथै फिल्मफेयर अवार्ड, नन्दी अवार्ड, ६ सिनेमा अवार्ड तथा बेस्ट कमेडीको लागि साउथ इण्डियन इन्टरनेश्नल मुभी अवार्डसमेत उनले पाएका छन्।

चलचित्रको पर्दाका साथै चर्चित दक्षिण भारतीय कमेडि शो द ग्रेट तेलुगु लाफ्टर च्यालेन्जमा समेत उनी निर्णायकको भुमिकामा समेत देखिसकेका छन् ।

तर ६५ वर्ष उमेर पुगेका उनी विस्तारै नयाँ चलचित्रहरुमा कम देखिन थालेका छन् । सन २००९ तिर औसत ४० चलचित्रमा देखिएका उनी २०१५ मा २२ चलचित्रमा देखिएका भने २०१९ मा करिब ८ वटामा चलचित्रमा खुम्चिएका थिए ।

पछिल्लो समय दक्षिण भारतीय चलचित्रहरु हिन्दि, भोजपुरी लगायत अन्य भाषामा समेत डबिगं भएर सार्वजनिक हुन थालेपछि ब्रह्मान्नदमको चर्चा भारतका साथै नेपाल, बंगलादेश, पाकिस्तानका साथै विश्वभर चल्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्