मोरङको जहदामा पिसाब फेर्न निस्कीएकी बालिकालाई सामुहिक बलात्कार (स्थलगत भिडियो रिर्पोट)

प्रेम देवान
विराटनगर । मोरङको जहदा गाँउपालिका वडा नम्बर १ र विराटनगर महानगरपालिका वडा नम्बर १८ विचको सिमानामा पर्ने राजवंशी टोलकी एक बालिकामाथि सामुहिक बलात्कार भएको छ । सोमबार राती साढे ९ बजेको समयमा पिसाब फेर्न भनि घरबाहिर रोड नजिकै नालामा निस्कीएकी १४ बर्षिया बालिकामाथी जबजस्ती बलात्कार भएको पीडित बालिकाका परिवारले बताएका छन् । रातको समयमा घरबाहिर रोड नजिकै नालामा पिसाब फेर्न निस्कीएकी ती बालिकालाई मोटरसाईकलमा आएका २ जना युवाले जबरजस्ती बालिकाको मुखमा सलको बुझोले थुनेर मोटरसाईकलमा लगेर जबरजस्ती करणी गरेको पीडितका आफन्तले बताएका छन् ।

बलात्कार शिकार बनेकी बालिकाले आवर विराटनगरसँग रुदै भनिन्–म पाँच मिनेट गर्न निस्कीएको थिए, २ जना केटाहरु बाईकमा आयो र जवरजस्ती मेरो मुख थुनेर बाईकमा बसाएर लग्यो । म चिच्याउन खोज्दा पनि मेरो मुख थुनिदिए । मैले केही बोल्न सकिन । घरदेखी धेरै टाढा रानी भेडयारीको मकैबारीमा लगेर जवजस्ती लुगा खोल्न लगाए । यो कुरा कसैलाई भनिस भने मारदिन्छु सम्म भन्ने धम्की दिए । पीडित बालिकाले घटना स्थलमा युवाहरुले एक अर्काको नाम लिएको र आफुले नाम अलिअलि याद गरेको बताएकी छिन् । उनले रुदै भनिन- एउटाको जितेस यादव र अर्को अजय धोभिया ।

यता बालिकालाई मोटरसाईकलमा हाल्नुभन्दा अगाडी छिमेकी विरेन्द्र राजवशीले २ जना व्यत्तिहरुलाई देखेको बताएका छन् । घटनाहुनुभन्दा अगाडीदेखी नै २ जना युवाहरु ती बालिकाको घर छेउछाउ मोटरसाईकलमा डुलेको राजवंशीले आवर विराटनगरलाई बताए ।
तर, पछि रातको समयमा पुनः ती नै युवाहरुले बालिकालाई अपहरण शैलीमा लैजादै गरेको समेत देखेको उनले सुनाए । रातको समय र टाढा भएका कारण बालिकाको बुबालाई घटनाबारे जानकारी दिदै मोटरसाईकलको पिछा गर्दा पनि आफु नभेटेको विरेन्द्र राजवंशीले बताए ।

पीडित बालिकालाई २ घन्टा सम्म दुई जना युवाले बलात्कार गरेको दावी पीडितको भनाई छ । १४ बर्षिया बालिकामाथि जबरजस्ती करणी गर्नेहरुलाई हदै सम्मको कारबाही हुनुपर्ने स्थानियहरुले बताएका छन् । उनीहरु चढेको मोटरसाईकलको पेट्रोल सकिएका कारण मोटरसाईकल स्थानिय उदित चन्द यादवको घरमा छोडेर भागेका थिए । बालिकालाई प्रयोग गरिएको को २२ प १८१६ नम्बरको डिसकभर मोटरसाईकल ईलाका प्रहरी कार्यालय बुधनगरको नियन्त्रणमा रहेको छ ।

घटना भए लगतै पीडित परिवारले माईती नेपाल र ईलाका प्रहरी कार्यालय रानी विराटनगरमा उजुरी दिएका छन् । घटनाबारे ईलाका प्रहरी कार्यालय रानी विराटनगरमा उजुरी परिसकेको र घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक दिपक थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्