रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि शंखमुलको अवस्था तनावग्रस्त

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि शंखमुलको अवस्था तनावग्रस्त

काठमाडौं । नेकपा दाहाल(नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि शंखमुलको अवस्था तनावग्रस्त बनेको छ।


झाँक्रीको निवासमा प्रहरी पुगेको खबर सार्वजनिक भएलगत्तै नेकपाका कार्यकर्ताहरू शंखमुलमा केन्द्रित भएका छन्। उनीहरूले प्रधानमन्त्री र प्रहरी प्रशासनका विरुद्ध चर्का नाराबाजी गरिरहेका छन्। महानगरीय अपराध महाशाखाले सोधपुछ गर्न भन्दै बोलाएपछि झाँक्री नगएपछि उनलाई पक्राउ गर्न प्रहरी निवासमै पुगेको हो। अहिले शंखमुलमा प्रहरीले थप शक्ति पठाएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो। गोरखाको एक कार्यक्रममा नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ तथा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे टिप्पणी गरेकी थिइन्। त्यस टिप्पणीलाई लिएर अखिल नेपाल महिला संघ (अनेमसंघ)ले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै झाँक्रीलाई पक्राउ गरी कारबाही माग गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्