विराटनगरका ३५९ जना साहित्यकार तथा कलाकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

विराटनगरका ३५९ जना साहित्यकार तथा कलाकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर । मुलुकमा सुव्यवस्था स्थापित गर्न अभिप्रेरित गर्ने उदे्श्यले विराटनगरका कवि, लेखक, कलाकार लगायतका समूहले जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका छन् । विराटनगरका ३ सय ५९ उन्नासाठी जना नेपाली कवि, लेखक, कलाकार लगायतका आह्वानकर्ताहरुले हस्ताक्षर गरिएको ज्ञापन–पत्र आज जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधान मन्त्रीलाई बुझाएको हो ।

सिर्जनाका माध्यमबाट गरिएका विरोधप्रवृत्तिका अभिव्याक्तिहरु राज्यसंयन्त्रहरुले सच्याउनुपर्ने ज्ञापन–पत्र मार्फत सल्लाह सुझाव दिएको संयोजक सुमन पोखरेलले बताउनुभयो । सबै खाले बेथित, बलमिचयाँइ, बेइमानी, विभेद र कुशासनका विरुद्धमा लेखिएका ३ सय ५९ उन्नासाठी वटा कविताहरु ज्ञापन–पत्रमा रहेको उहाँले जनाउनुभयो । ज्ञापन–पत्र बुझनु हँुदै जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख कोषहरी निरौलाले प्रधान मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई छिटै पठाउने आश्वासन दिनुभयो ।

उहाँले मुलुकमा सुव्यवस्था स्थापित गर्न अभिप्रेरित गर्नका लागि जिल्ला प्रशासन कार्यालय मोरङबाट कुनै कमि हुन नदिने नेपाली कवि, लेखक, कलाकार लगायतका समूहलाई प्रतिवद्धता जनाउनुभयो । ज्ञापन–पत्र बुझाउन निला तामाङ, धिरज राई र प्राज्ञ विवश पोखरेल लगायतका साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्