बुबाको अन्तिम संस्कार गर्दै समाजमा उदाहारण बनेर निस्कीइन् पुजा

बुबाको अन्तिम संस्कार गर्दै समाजमा उदाहारण बनेर निस्कीइन्  पुजा

आकृति रानी फुयल
विराटनगर । बिराटनगर ४ मा बस्दै आएका जयप्रकास पोद्दार लामो समयदेखि क्यान्सर रोगले थलिएका थिए । उनको ६२ वर्षको उमेरमा गत माघ १० गते मृत्यु भयो। छोरा चन्दन बुबाको मृत्यु भन्दा दुइ दिन अघि मात्र बेल्जियम गएका थिए । उनी त्यहिं क्वारेन्टाइनमा बसेका थिए। बुबाको अन्तिम संस्कारमा तत्काल आउन उनलाई संभव थिएन । त्यसपछि परिवारमा एउटा तनाबपूर्ण बातावरण सिर्जना भयो ।

मृतककी श्रीमती लक्ष्मीले भनिन, हाम्रो छोरा उता बेल्जियममा थियो त्यसैले बुबाको मृत शरीर कति दिनसम्म राख्ने भन्ने चिन्तामा प¥यौं । अन्तिम संस्कार त गर्दै गर्नुपर्छ भनि पारिवारिक सल्लाहमा घरकी कान्छी छोरी पुजाले दाईको भूमिका निर्वाह गर्ने दावी गरिन् । दाई नभएर के भयो त ! म दिन्छु बुबालाई दागबत्ती, अनि म गर्छु पूर्ण बिधिबिधानका साथ बुबाको काज किरिया । सानैदेखि हठी स्वभाव भएकी पूजाले भनिन्–आखिर म नि छोरी हुँ, त्यसैले बुवाको अन्तिम संस्कार गर्ने हक राख्छु ।

भारतको केआइआइटी विश्वविद्यालयबाट एमबीए सम्मको अध्ययन गरेकी पुजा अहिले मुम्बई स्थित टेक्नो सर्भ कम्पनिमा असिस्टेन्ट म्यानेजरको रुपमा कार्यरत छिन्। पुजा भन्छिन, म केटि भएपनि सानै देखि मेरो स्वभाव केटाको जस्तो थियो। मेरा साथीहरु पनि केटा मात्र हुन्थे। हामीसंग कुरा गर्दा उनले भनिन, म पहिलेदेखि नै ‘टम बोय’ जस्तो थिए। आज बुबाको अन्तिम संस्कारको समयमा दादा बाहिर भएर आउन नपाएकाले मैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने थियो । त्यहि भूमिकामा म अगाडी सरें । दागबत्ती दिएर कोरामा सेतो बस्त्रमा ७ दिन बसें, त्यसपछि दादा आएपछि दुवैले १३ दिनसम्म बराबरी भूमिकामा किरिया गरेका थियौं ।

पुजालाई गाउँमा सबैले पुजा भाई भन्थे, उनका दाजु चन्दनले भने–जसलाई आज उसले मेरो अनुपस्थितिमा सिद्ध गरेकी छिन् । बुबाको मृत शरीरमा दागबत्ती दिएर अनि समाजका अरु छोरा सरह १३ दिनको काजकिरिया समेत गरेर । दुखको अवसर भएपनि पुजा हाम्रो समाजका लागि एक उदाहरणीय प्रेरणाका श्रोतको रुपमा प्रस्तुत भएकी छिन्, दाजु चन्दनको भनाई थियो ।
हाम्रो समाज पुरुषप्रधान छ मुखले जति नै छोराछोरी बराबरी भनेनी आफ्नै बाबुआमाको किरिया गर्न भने हरेक परिवारले छोरा नै चाहन्छन्। छोरा भए पो मर्दा किरिया गर्थ्यो , छोरी भनेको अर्काको घर जाने जात काम नै छैन समेत भन्न पछि पर्दैनन्। तर, त्यहि समाजको भनाईलाई उल्टो साबित गरिदिएको छ पोद्दार परिवारले। बुवालाई दागबत्ती दिन मात्र नभएर १३ दिनको काजकिरिया समेत छोरी पुजाको हातबाट गराएर एउटा नमूना कामको थालनि गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्