प्रविण मृत्यु प्रकरण : मृतककी बहिनी सदिक्षा बास्तोलाको अन्तरवार्ता 

ज्यान सम्बन्धि कसुर आरोपितलाई प्रहरीले छोडेपछि मोरङको उर्लावारी–५ का ३१ वर्षीय प्रविन बास्तोला मृत्यु प्रकरण रहस्यमय बनेको छ । गत पुस ५ गते बास्तोलाको मृत्यु भएको थियो । घटनापछि मृतकका बुबा प्रेमप्रसाद बास्तोलाले पुस २२ गते उर्लावारी–६ का राजेश रणपहेली विरुद्ध किटानी जाहेरी दिनु भएको थियो । इलाका प्रहरी कार्यालय उर्लाबारीमा पुस ९ गते यो घटना ज्यान सम्बन्धी कसुर दर्ता किताबको ६७ नम्बरमा उल्लेख गरिएको थियो ।

तर, प्रहरीले फरेन्सिक प्रतिवेदन आउन ढिलाई भएको भन्दै पक्राउ गरिएका रणपहेलीलाई गत माघ २ गते नै छोडिदिएको थियो । प्रहरीले कानुन बमोजिम २५ दिन थुनामा राखेर अनुसन्धान गर्ने अवधी पूरा भएको भन्दै छोडेको हो ।

यस पछि उनको बिहिनि सदिक्षा बास्तोलालगायतले बारम्बार आन्दोलन गरिरहेका छन् । यसबै सन्दर्भमा उनै सदिक्षासँग आवर विराटनगरकर्मी प्रेम देवानले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्