साप्ताहिक रुपमा सन्ध्याकालिन कृषिउपज बजार लगाउने तयारी

<span class='c1'>साप्ताहिक रुपमा सन्ध्याकालिन कृषिउपज</span> <span class='c2'>बजार लगाउने तयारी</span>

विराटनगर। किसान, घरेलु तथा साना उद्यमीबाट उत्पादित बस्तुको बजार प्रवर्द्धन गर्ने उद्देश्यसहित विराटनगरमा साप्ताहिक सन्ध्याकालिन हाट बजार लगाउने तयारी गरिएको छ ।
मोरङ र सुनसरीका कृषकको लागतअनुरूपको प्रतिफल दिलाउन बजार लगाउने तयारी गरिएको हो ।

नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले विराटनगरसँग जोडिएको कटहरी गाउँपालिकामा साप्ताहिक सन्ध्याकालीन बजार सुरु गर्ने तयारी थालेको छ । कृषिको व्यावसायीकरण र तुलनात्मक लाभका क्षेत्र पहिचान गर्नसक्ने विश्वास राखिएको मञ्चका अध्यक्ष सृजन प्याकुरेलले जाानकारी दिनुभएको छ । भोलि फागुन १४ शुक्रबारदेखि साप्ताहिक रूपमा साँझ ३ देखि राति ८ बजेसम्म खुला राखिने बजार १५ वटा स्टलबाट सुरु गरिनेछ। मालसामानको विक्री र ग्राहकको चाप बढ्दै गएमा बजार लाग्ने दिन बढाइने छ।

बजार सञ्चालनको व्यवस्थापनका लागि मञ्चले विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघसँग सहकार्य गर्ने सहमति भएको छ। मञ्चका सचिव श्वेता तुलाधरले यस क्षेत्रका अर्गानिक उत्पादनहरू सागसब्जी, स्ट्रबेरी, मह, नौनी, नेवारी खाजा सेट, क्राफ्टका सामान तथा नेपाल अपाङ्ग महिला सङ्घले उत्पादन गरेको वस्तु पनि विक्रीका लागि राखिने जानकारी दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्