नेवटियाको लघुकथा सङ्ग्रहको विमोचन

नेवटियाको लघुकथा सङ्ग्रहको विमोचन

विराटनगर । लघुकथाकार लक्ष्मण नेवटियाद्वारा लिखित ‘यो जोसँग सम्बन्धित छ’ लघुकथा विराटनगरमा विमोचन गरिएको छ । लघुकथा समाज प्रदेश–१ ले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनको कृति बिमोचन गरिएको हो ।

वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, प्राज्ञ विवश पोखरेल, प्राज्ञ गंगा सुवेदी, साहित्यकार विधान आचार्यलगायतले संयुक्त रुपमा संग्रहको विमोचन गर्नुभएको थियो । विमोचित कृतिमाथि साहित्यकार भूषण ढुंगेलले समीक्षा गरेका थिए । अहिलेको समाजलाई बुझ्न विमोचित कृति पढ्नु आवश्यक रहेको समीक्षक ढुंगेलले बताए । पढ्न सुरु गरेपछि नसकिकन उठ्नै मन नलाग्ने कृतिको विशेषता भएको उनको भनाइ थियो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका लघुकथा समाजका केन्द्रित अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले अहिलेको व्यस्त समयमा लामा भन्दा छोटा सिर्जनाको माग भइरहेको बताए । उनले नेवटियाको कथासंग्रहमा छोटा तर चोटिला लघुकथाहरु समावेश गरिएको उल्लेख गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्