डिस्चार्ज भएको एक महिनासम्म पनि आमाछोरा विराटनगरको अस्पतालमै (भिडियो सहित)

प्रेम देवान
विराटनगर । सवारी दुर्घटनामा परी घाईते भएका एक विरामीको अस्पतालमा लागेको उपचारर्थ खर्च सम्बन्धित पक्षले नव्योहोर्दा डिस्चार्ज भएको एक महिना वितिसक्दा पनि अस्पतालको बस्न बाध्य भएका छन् । सिहरा जिल्लाको खिरौना १४ बस्ने ३ बर्षिय बालक कात्तिक सदालाई गत मंसिर २० गते सिराहा नगरपालिका १३ का वडा अध्यक्षको ट्याक्टरले ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट गम्भिर घाईते भएका बालकलाई उपचारर्थ विराटनगर ल्याईएको थियो ।

गम्भिर घाईते भएका बालकको अवस्था अत्यन्तै नाजुक अवस्था भएका कारण विराटनगरका अधिकास ठूला अस्पताल पुर्याइयो । तर कुनै पनि अस्पतालले उपाचार गर्न नसक्ने भनेपछि अन्ततः विराटनगर २ मा रहेको विराटनगर अस्पताललमा लगियो । विराटनगर अस्पतालका चिकित्सको टोलीले बाललको शल्यिक्रिया गरी उपचार गर्न सफल भए । अस्पतालले कातिक सदालाई १० दिन भेन्टिलेटर र १२ दिन आईसियूमा राखेपछि दुई महिना जनरल बेडमा राखेर उपचार गरेको थियो ।

दुर्घटनामा परि गम्भिर कातिक सदाको टाउकोमा चोट लागेका कारण उनको घाँटी छेडेर पाईप लगाउनुपर्ने अवस्था समेत भएको थियो । कातिक सदालाई सिराहा नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सचिन साहको ट्याक्टरले ठक्कर दिएको थियो ।
अस्पतालमा अहिलेसम्म ८ लाख १५ हजार ३ सय १२ रुपैया खर्च भईसकेको छ । जसमध्ये ट्याक्टर धनीले ३ लाख ५१ हजार अस्पतालाई पठाएको अस्पताल प्रसाशनले जनाएको छ । अस्पतालको रकमसँगै अरु औषधी खर्च र होटलमा खाना खाएको करिब डेढ लाख रुपैया बाँकी रहेको कातिक सदाकी आमाले बताईन् ।

परिवारिक अवस्था पनि नाजुक रहेका कारण आफुले पैसा तिर्न नसक्ने कातिक सदाकी आमा गेनादेवी सदाले आवर विराटनगरलाई बताईन् । होटलले पनि खाना दिन छाडेपछि केहीदिनदेखी भोकै बस्नु परेको सुनाईन् ।विराटनगर अस्पतालको बच्चाको जनरल वार्डको वेड नम्बर ८ मा गेनादेवी सदा छोराको रेखदेख गर्दैै आएकी छिन् । अस्पतालबाट आफन्तजनलाई फोन गरेपनि कसैले वास्ता नगरेको उनको दुखेसो छ ।

गेनादेवीको श्रीमान् गाँउ मै ज्यालादारीमा काम गर्छन् । आफन्तबाट पनि अलि अलि सहयोग लिएको पैसा पनि सकिएको उनले सुनाईन ।
डिस्चार्ज भएको एक महिना वितिसक्दा पनि छोरोलाई अस्पतालबाहिर लान पाउदिनन् । कातिक सदाले टुर्घटनाकै कारण दाहिने पटिको आँखा देख्न सक्दैनन् भने राम्रोसँग बोल्न नसक्ने भएका छन् । यता कातिकी आमा पनि केही दिनयता विरामी भएको सुनाउँछिन् ।
कातिक सदाकी आमाले प्रहरीलाई र गाँउका स्थानिय नेताहरुलाई भनेता पनि वास्तै नगरेको बताईन् । अस्पतालमा बस्दाबस्दा एक महिनादेखी टाउको दुख्ने विरामी भईसकेको उनले अस्पतालको बेडबाट दुखेसो पोखिन् । त्यती मात्र हैन पैसा नहुँदा होटलमा खाना नदिएका कारण भोक भोकै बस्नु परेको उनले सुनाईन् ।

विराटनगर अस्पतालका लेखा अधिकृत सुवाष पोखरेलले पनि सवारी दुर्घटना गर्ने पक्षले नै औषधी उपचार गराउने भनेर अस्पतालसँग कुरा गरेको बताउनुभयो । अस्पतालमा मसिंर २० गते भर्ना भएका बालकलाई उपचारपछि गत माघ १६ गते नै डिस्चार्ज गरेको भएता पनि अस्पतालमा कोही पनि नआएका कारण बच्चा र आमा अस्पताल मै बस्न बाध्य भएको पोखरेलले बताउनुभयो । यसको अबको एउटै मात्र विकल्प भनेको दुर्घटना गराउने पक्ष अस्पतालमा आएर बालकको उपचारमा लागेको खर्च व्याहोर्नुपर्छ ।

हामीले सिरहा नगरपालीकाका वडा अध्यक्ष सचिन साहलाई यो विषयमा बुझ्न खोज्दा अस्पतालाई आफु्ले तिर्नु पर्ने रकम तिरिसकेको जवाफ दिए । हामीले फोनमा सम्पर्क गरी उत्तm कुरा बुझ्न खोज्दा वडा अध्यक्ष सचिन साहबाट यस्तो जवाफ आएको हो ।
घटना भएको आज ४ महिना वितिसक्न लाग्यो अनि अस्पतालले डिस्चार्ज गरेको पनि एक महिना वितिसक्दा पनि अस्पताल मै बस्नुपर्ने गेनादेवी सदाको वाध्यता छ । अर्को दुखको कुरा त झन पैसा नभएका कारण होटलहरुले पनि खान दिन छाडेका कारण ३ बर्षिय बालकलाई दैनिकी खानपिन गराउन समस्या हुँदै आएको छ । सवारी दुर्घटनाबारे जिल्ला प्रहरी कार्यालय सिराहाले हेरिरहेका कारण दुर्घटना गराउने पक्षलाई यथाशिघ्र नियन्त्रणमा लिएर घटनाबारे यर्थाथ छानविन गरी पीडित पक्षको उपचारर्थ लागेको खर्च अस्पताललाई व्योहोरी अस्पतालबाट बालक र आमाको उद्धार गर्नु आवश्यक छ । र अस्पतालले पनि आफुले सकेको जति उपचारर्थ लागेको खर्चमा छुट दिन सके उपचार गराउने पक्षलाई केही सहज अनि बालक र आमालाई राहत पो मिल्ने थियो की ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्