इन्द्रमोहन स्मृति गुठीद्वारा तीनजना पुरस्कृत

इन्द्रमोहन स्मृति गुठीद्वारा तीनजना पुरस्कृत

विराटनगर । इन्द्रमोहन स्मृति गुठी धनकुटाले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई पुरस्कृत गरेको छ ।
विराटनगरमा शनिबार आयोजित कार्यक्रममा पाँच दशकभन्दा लामो समयदेखि साहित्य क्षेत्रमा योगदान पु¥याएबापत वरिष्ठ आख्यानकार भुवन ढुंगालालाई ‘डा. विमला श्रेष्ठ साहित्य पुरस्कार’ प्रदान गरिएको छ । ढुंगालालाई दोसल्ला ओढाएर नगद २१ हजार रुपैयाँ र सम्मानपत्र समर्पण गरिएको थियो । त्यसैगरी २१ हजार राशिको इन्द्रमोहन श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार जयदेव भट्टराई पुरस्कृत भए । भट्टराई मधुपर्क साहित्यिक पत्रिकाका सम्पादक हुन् ।

त्यस्तै गायक तथा संगीतकार पुजन प्रधानलाई २१ हजार राशिको गीत संगीततर्फको पुरस्कार प्रदान गरियो । उनीहरू तीनैजनालाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेल, गुठीकी प्रमुख संरक्षक डा. विमला श्रेष्ठलगायतले नगद र सम्मानपत्र प्रदान गरे ।
त्यसैगरी सोही अवसरमा डा. विमला श्रेष्ठद्वारा लिखित ‘निर्जन किनारामा’ कवितासङ्ग्रहसमेत विमोचन गरिएको थियो । प्रमुख अतिथिसमेत रहेका मेयर पराजुली प्राज्ञत्रय विवश पोखरेल, लक्ष्मी उप्रेती, खेम नेपालीलगायतले कवितासंङ्ग्रहको संयुक्त रुपमा विमोचन गरे । विमोचित कृतिका विषयमा साहित्यकार हरि कट्टेलले टिप्पणी गरेका थिए ।

कट्टेलले विमोचित सङ्ग्रहमा समसामयिकतासँगै मानवीय चेतलाई उजागर गर्ने प्रयास गरिएको बताए । लामो समय प्राध्यापक पेशामा समेत आबद्ध श्रेष्ठका यसअघि पनि विभिन्न कृति प्रकाशित छन् । समारोहमा साहित्यकार गोकुल अधिकारी, मञ्जुश्री गिरी, मुकुन्द प्रयास, शुभलक्ष्मी लम्साल, मीनकुमार नवोदित, भरत गुरागाईं, केजी सुब्बा, राधिका गुरागार्इं, चूडामणि नेपाल ‘अकिञ्चन’, महानन्द पोखरेललगायतले पुरस्कृत स्रष्टाको परिचयसँगै विमोचित कृतिका कविता वाचन गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्