प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक ३ बजेलाई बोलाईयो

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक ३ बजेलाई बोलाईयो

काठमाडौं । सर्वाेच्च अदालतले नेकपा एकता बदर गरेपछि बस्न लागेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक दिउँसो ३ बजेसम्मका लागि सरेको छ ।

सर्वोच्च अदालतले ऋषि कट्टेलको पार्टीलाई आधिकारिक नेकपाको मान्यता दिँदै आफूहरूको पार्टीलाई एकता पूर्वको अवस्थामा फर्काइदिएपछि प्रचण्ड–नेपाल समूहले सोमवार बिहानको लागि बैठक बोलाएका थिए ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सर्वोच्चको फैसलापछि कानून व्यवसायीसँग परामर्श गर्न भन्दै स्थायी कमिटी बैठक दिउँसोको लागि सारिएको हो ।

सर्वोच्चको आदेशलाई अनपेक्षित भन्दै प्रतिक्रिया जनाएको प्रचण्ड–नेपाल समूहले यसबारे थप रणनीति बनाउन लागेको छ । न्यायाधीश कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले आइतवार नेकपाको कानूनी हैसियत पार्टी एकता अगाडिको अवस्थामा पु¥याइदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्