एट्लास नेटवर्कसँगको सहकार्यमा अनलाइन एसिया लिबर्टी फोरमको आयोजना हुँदै

एट्लास नेटवर्कसँगको सहकार्यमा अनलाइन एसिया लिबर्टी फोरमको आयोजना हुँदै

विकल्प एन अल्टरनेटिभले एट्लास नेटवर्कसँगको सहकार्यमा अनलाइन एसिया लिबर्टी फोरम २०२१ को आयोजना गर्ने भएको छ । एसियाको विभिन्न देशमा आयोजना गरिने उक्त कार्यक्रम हाल कोभिड-१९ ले निम्त्याएको समस्याको कारण अनलाइन गर्न खोजिएको हो। यो कार्यक्रम २४ जुन  २०२१ (१० अषाढ २०७८)  बिहीबारको दिन, नेपालको समय अनुसार अपराह्न १२ देखि बेलुकी ६ बजेसम्म र June 25 (११ अषाढ २०७८)  शुक्रवारको दिन १२ बजे देखि ३ बजेसम्म आयोजना गरिने छ ।
एसिया लिबर्टी फोरम अनलाइनले ख्यातिप्राप्त वक्ताहरूलाई सुन्ने अवसर जुराउनुको साथै एसियाली लगायत अन्य देशका नागरिकहरूसँग अन्तरक्रिया, नेटवर्किङ र अनुभव आदान-प्रदान गर्ने अवसर जुटाउने छ । 
यस कार्यक्रमले एसिया स्थित स्वतन्त्रताको मुद्दामा कार्य गर्ने व्यक्ति तथा संस्थाहरूलाई एक साथ भेला पार्दै यस क्षेत्रले सामना गरिरहेका चुनौतीहरूको बारेमा छलफल गर्ने तथा समृद्धि तर्फ डोर्‍याउने सार्वजनिक नीतिको महत्त्वलाई बढावा दिने नागरिक समाजको प्रयासलाई उजागर गर्नेछ । साथै यस कार्यक्रममा एट्लास नेटवर्कका साझेदार संस्थाहरूले सञ्चालन गरेका सबै भन्दा सफल परियोजनाहरुलाइ एसिया लिबर्टी पुरस्कार २०२१ द्वारा पुरस्कृत गर्नुको साथै एसिया थिंक  ट्यांक  सार्क ट्यांक प्रतियोगिताका विजेताहरूको घोषणा पनि गरिने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्