आत्मविश्वास

आत्मविश्वास

एका देशमा एउटा गाउँ थियो । त्यो गाउँमा चारवटा पहाडहरु थिए । त्यहाँका मानिसहरुले चारवटै पडाहकोे नाम बेग्ला बेग्लै राखेका थिए । एउटा पहाडको नाम जोड, एउटा पडाडको नाम घटाउ, एउटा पहाडको नाम गुणा र अर्को पहाडको नाम भागा थियो । त्यहाँका मानिसहरुलाई लाग्थ्यो कि जोड पहाडमा चढ्यो भने जोडका हिसाब गर्न सजिलो हुन्छ । घटाउ पहाडमा चढ्यो भने घटाउका हिसाब गर्न सजिलो हुन्छ । त्यसै गरि गुणा र भागा पहाडमा चढ्यो भने पनि गुणा र भागाका हिसाब गर्न सजिलो हुन्छ ।

देशविदेशबाट मानिसहरु ती पहाड चढ्न आउथे । गणितमा कम्जोर हुने बालबालिकाहरु अझ धेरै आउँथे । उनीहरुलाइ लाग्थ्यो कि, ती पहाड चढ्दा हिसाब गर्न सजिलो हुन्छ । तर त्यो अन्धविश्वास थियो । यति हुँदापनि पहाड चढ्ने क्रमभने रोकिएको थिएन । बालबालिकाले आफ्ना साथीहरुलाइ पनि चढ्न बोलाउथे । यसरि पहाड चढ्ने कामले उनिहरुको आत्मविश्वास भने दिनदिनै बढ्दै गयो । त्यहि आत्म विश्वासले उनिहरु गणितमा तेज हँुदै गए । र, गणितमा राम्रो अंक ल्याएर परीक्षामा उत्र्तिण हुदै गए ।

एक दिनको कुरा हो । त्यो गाउँमा ठुलो भुकम्प आयो । र, ती चार वटा पहाडहरु एकै ठाउँमा मिसिए । अनि एउटा ठुलो पहाड बन्यो । उनीहरुले त्यो पहाडको नाम गणित राखे ।
त्यसैले साथीहरु ! कहिले काँहि त अन्धविश्वासले पनि आत्मविश्वासलाइ जगाउन सहयोग गर्ने रहेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्