कांग्रेस नेता जोशीको भेन्टिलेटरमा उपचार हुँदै तर श्रद्धान्जली दिनेहरुको ओईरो

<span class='c1'>कांग्रेस नेता जोशीको  भेन्टिलेटरमा उपचार</span> <span class='c2'>हुँदै तर श्रद्धान्जली दिनेहरुको ओईरो</span>

काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ । मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको अवस्था गम्भीर रहेको र उनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको अस्पतालले जनाएको छ ।

जोशीलाई मष्तिष्कघात भएपछि फागुन १४ गते नर्भिकमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उनको अवस्था सुधार आएको थियो तर फेरि गम्भीर भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।


तर गएरातीदेखी नै केही अनलाईन र सामाजिक संजालहरुमा भने जोशीको निधन भएको भन्दै श्रद्धान्जली दिनेहरुको ओईरो लागेको थियो ।मुलधारका केही अनलाईनहरुले जोशीको निधनभ भएको भन्दै समाचार सम्प्रेषण गरेपछि धेरै जना बुद्धीजिवीहरुले त्यसको आलोचना समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्