विराटनगर आरोहण गुरुकुलमा ‘अर्को अर्थ नलागेमा…’ मञ्चन हुने

<span class='c1'>विराटनगर आरोहण गुरुकुलमा ‘अर्को</span> <span class='c2'>अर्थ नलागेमा…’ मञ्चन हुने</span>

विराटनगर । वरिष्ठ रङकर्मी सुनील पोखरेलको परिकल्पना तथा संयोजनमा तयार भएको नाटक ‘अर्को अर्थ नलागेमा...’ विराटनगरमा मञ्चन हुने भएको छ ।

चैत १७ गतेदेखि २० गतेसम्म आरोहण-गुरुकुल विराटनगरको सुशीला कोइराला नाटकघरमा साँझ ५ बजे नाटक मञ्चन हुने भएको हो । लेखक तथा भाषाविद् शरच्चन्द्र वस्तीको स्तम्भका लेखहरु ‘अर्को अर्थ नलागेमा...’ नाटकमा रुपान्तरण गरी १० जना निर्देशकले निर्देशन गरेका छन् । यसअघि काठमाडौंमा २० दिन मञ्चन भएको उक्त नाटक विराटनगरमा मञ्चन गर्न लागिएको आरोहण गुरुकुलले जनाएको छ । नाटकमा ज्ञ का १० जना विद्यार्थीहरुले निर्देशन गरेको नाटकमा ज्ञ कै ३७ जना विद्यार्थीहरुले अभिनय गरेका छन् । वस्तीले हरेक शनिबार कान्तिपुर दैनिकमा ‘अर्को अर्थ नलागेमा...’ शीर्षकमा लेख्दै आइरहेको स्तम्भमध्ये करिब एक दर्जन स्तम्भ जोडेर नाटक तयार गरिएको छ । नाटकमा देशको वर्तमान सामाजिक तथा राजनीतिक घटनाक्रमलाई व्यंग्यात्मक ढंगले प्रस्तुत गरिएको छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्