नोवेलमा उपचारका लागि भर्ना भएका विरामी शौचालय जाँदा ‘मिनिरल वाटर’ बोकेर जान्छन्

विराटनगर । नोबेल अस्पताल विराटनगरमा भर्ना भएका विरामी शौचालय जाँदा पैसा तिरेको मिनिरल वाटरको बोतल बोकेर शौचालय जान्छन् । झट्ठ सुन्दा अचम्म लागेपनि नोबेल अस्पताल विराटनगरमा पछिल्लो समय यो सामान्य जस्तै बनेको हो । अस्पताल जस्तो ठाँउमा शौचालयमा पानी छैन ।

सफाईका लागि पानी नहुँदा उपचार गर्न आएकाहरु मिनिरल वाटरको बोलत बोकेर शौचालय जानुपर्ने बाध्यता रहेको हो । अस्पतालमा पछिल्लो ४ दिनदेखी पानी नहुनु भनेको कहाँ सम्मको चरम लापारबाही र गैरजिम्मेवारीपना हो भनेर भन्न सकिने अवस्था छैन।
विरामीका आफन्त भन्छन् उपचार गर्न आएको निको हुनुको सट्टा बरु उल्टै पो विरामी भएर गईन्छ भन्ने डर भईसक्यो । अस्पतामा पानीको आपूर्ति प्रणाली बिग्रदा नुहाउनको लागि त परै जाओस् दिशा धुने पानीसम्म अभाव हुँदा पैसा तिरेर मिनिरल वाटरको बोलत खरिद गर्नुपर्ने अवस्था आएको हो ।

गत चैत्र ४ गते बुधबारदेखी अस्पतालको माथिललो तलामा पानी आउन छाडेको छ । पानी आउन छाडेपछि विरामीहरु बाहिर दोकानबाट मिनिरल वाटर किनेर प्रयोग गर्न वाध्य भएका हुन् ।अस्पतालमा भर्ना भएका विरामीका आफन्त अस्पताल प्रशासनसँग पटक पटक यो विषमा जानकारी गराउदा पनि कुनै चासो नदिएको उनीहरुको भनाई छ । एक दुई घन्टामा आईहाल्छ भनेर कुराउने तर पानी नदिने गरेको उनीहरुले गुनासो गरेका हुन् । बरु उल्टै अस्पताल प्रशासनले पानी तान्ने मिसिन बिग्रीएको कारण काठमान्डौबाट सामान झिकाउनु पर्ने जस्तो जवाफ दिने गरेको विरामीका आफन्त बताउछन् ।

अस्पतालको गेटबाट प्रवेश गर्ने वित्तिकै विरामीको नाउँमा पैसाको वबल चढ्छ तर अस्पतालका वाथरुमहरुमा भने पानी चढ्दैन । अस्पतालको यस्तो गैर जिम्मेवारीले गर्दा विरामी र विरामीका आफन्त हैरान परेका हुन् । विरामीका आफन्तको यो पनि आशंका छ । पानी विकाउन कतै अस्पताल र बिचौलियाबीचको मिलेमतो छैन ? अस्पतालमा भवितव्य कुनै आगलागीका घटना घटे त्यसको जिम्मेवारी कसले लिने ?

नोवेल अस्पथतालका प्रशासकिय अधिकृत दिपेश राईले भने केहीदिनदेखी अस्पतालको माथिल्लो भागमा पानी नचढेको स्वीरका गरे । उनले भने दिनरात भनेर लागि पर्दा समेत केहिदिने यता समस्याको समाधान नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्