श्रीअन्तुसम्मको यात्रा अनुभव

श्रीअन्तुसम्मको यात्रा अनुभव

म पहिला पनि कहिले काँहि आमाको अफिसको कार्यक्रममा जाने गर्थे । यो पटक पनि आमाले इलाम जाने भन्नुभयो अनि मलाइ पनि उहाँसँग लानुभयो । चैत्र ४ गते विहानै उठेर आमाले मलाई नुहाइ दिनुभयो । घरमा चिया खाएर सात बजे हामी घरबाट निस्कियौं ।
मैले आमालाई गाडिमा खाने चिजहरु किनिदिन भने अनि बिस्कुट, चुइगम र कुरकुरे किनिदिनुभयो । त्यो खानेकुराको झोलाचाहि मैले आफै बोकें । इटहरीको पूर्व बस स्ट्यान्डमा हामीले गाडि पर्खियौं । आमाको अफिसबाट दुईवटा गाडिमा साथीहरु आउनुभएको थियो । त्यसमध्ये सिट खालिभएको गाडिमा मिलेर हामिपनि बस्यौं । इटहरीबाट बिहानको ८ बजे गाडि पूर्वतिर लाग्यो । बाटोमा आमाको साथीहरुसँग कुरा गर्दैगयौं । अरु भन्दा तीन जनामा मामाहरु मलाइ मन पर्यो । अझै धेरै धनुष मामा मन पर्यो । किनकि मलाइ मामाले धेरै माया गर्नुभयो ।

हामीले दमकमा खाजा खायौं । कसैले पुरी र जेरी खानुभयो कसैले परौठा खानुभयो । मैले पनि परौठा खाए । त्यसपछि इलामतिर लाग्यौ । इलाम जिल्लाको हर्कटे भन्ने ठाउँमा खानाखान गाडि रोकियो । खाना तयार नभएकोले गर्दा एकछिन सबैजना चियाबगान घु्रम्ने भयौं । एउटा डाँडाको टुप्पोमा नेपालको झण्डा गाडेको थियो । मलाई त्यहाँ जान मन लाग्यो । धनुष मामाले मलाइ त्यो डाँडामा लानुभयो अनि फोटो खिचिदिनुभयो । त्यसपछि खानाखाएर हामि इलामको श्री अन्तु गयौं । होमस्टेमा बस्ने कुरा थियो । हामि अल्जली घिमिरे होमस्टेमा बस्यौ । त्यो होमस्टे श्री अन्तु बजारबाट २०० मि. टाढा थियो । आफ्नो–आफ्नो कोठामा झोला राखेर डाँडामा रहेको अन्तु पोखरी घुम्न गयौं ।

साँझमा सबैजना मिलेर एउटा गेम खेल्यौं । त्यस गेममा सबै सहभागिले हारे पनि उपहार पाउने नियम थियो । म भने बिस जनामा १७ औं भए र फेन्टा पाए । जाडो थियो । राति हामिले आगो ताप्यौ । खाना खायौ अनि सबैजना नाच्यौ । बिहान चाँडै उठेर भ्यूटावर जाने कुरा थियो त्यसैले हामि सुत्यौ । म विहान ५ बजे ब्यूँझिए । हल्लखल्ला थियो मामाहरुको । आमाको साथीहरु मध्ये एक जना ११६ केजीको हुनुहुन्थ्यो । उहाँ सुतेको खाट नै भाचिएको रहेछ । धेरै तौलको कारणले राम्रो संग हिडडुल गर्न पनि सक्नुहुन्न रहेछ । उहाँलाइ देखेर मलाई हामीले तौल बढाउनुहुन्न रहेछ भन्ने ज्ञान भयो ।
हामी धेरै जना भ्यूटावरमा गयौं । घाम आउने बाटो कस्तो हुदोरहेछ भन्ने खुल्दुलिलागेको थियो । तर घाम रातो भएर आएको मात्र देखे । सबैजना मिलेर घामसंग फोटो खिच्यौ र फर्कियौ ।
आमाको मिटिङ्ग थियो ८ बजेदेखि । त्यो पनि मैले सुन्न पाए । त्यहाँ खाजाखाएर हामी श्री अन्तुबाट हिड्यौ । बाटोमा कन्याम बजार रहेछ । चिया बगानै चिया बगान भएको ठाउँ । त्यहाँआमाले मलाई ललिपप किनिदिनु भयो अनि सबै जना खानाखाएर घर फर्कियौं ।

                                                                                                                                                                                       पाथिभरा सेकेण्डरि स्कुल इटहरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्