केटा

केटा

एउटा मध्यमवर्गीय परिवारको केटा जस्को र्यापर गायक बन्ने सपना ठूलो सपना हुन्छ । उस्को बुबा एकदमै दुःख गरेर पैसा कामाउछन तर बुबा ले कमाएको पैसा ले घरमा आगो बालेर खाना पकाउन पनी गाह्रो हुन्छ । छोरालाई चाँहि अर्थिक समस्याले धेरै नै सताएको हुन्छ । उसको सपनाहरू चकनाचुर भएको उस्ले कल्पना गर्छ । उसँग गीत रेकर्ड गर्ने एक रुपैया पनि हुँदैन । उसले आफ्नो सपनाहरू लार्इ बिर्सेर कुलत र कुसंगत तिर लाग्छ । लागुपदार्थ सेवन गर्न थाल्छ । आमाबुबाले छोरा यस्तो नराम्रो बाटो मा हिँड्दैछ भनेर थाहा पाउँछन् । अनि त्यसपछि छोरालाई सम्झाउन खोज्छन् । छोरा आमाबुबाको कुरा नसुनेर घरमा झगडा गर्छ र घर छोडेर हिड्छ ।

केटाको केही राम्रा बिचार भएका साथीहरुले पनि सम्झ्याउँछन् तर तिनिहरुको कुरालाई पनि नसुनीकन केटाले भन्छ–तिमीहरु मेरो जिन्दगीलाइ बुझ्दैनौ । त्यसपछि नराम्रो सथीहरुको संगतमा लाग्छ । तिनीहरुसँग रमाइलो गर्दै बस्छ । त्यसपछि सम्पूर्ण रुपमा गलत बाटोमा हिड्छ । त्यसरी नै जिन्दगी चल्दै जाँदा त्यो केटाको एउटा केटीसँग ‘लभ’ पर्छ । त्यसपछि त्यो केटीले केटालाई सधार्न खोज्छे । राम्रो बाटोमा लाग गीत रेकर्ड गर्न पैसा नि दिन्छे । तर, त्यो केटीले दिएको पैसाले त्यो केटाले लागूपदार्थ किनेर सेवन गर्छ, सुध्रिन खोज्दैन । अन्तिममा केटीले पनि हार खान्छे । केटालाइ छोड्दिन्छे । त्यसपछि बिस्तारै नराम्रो साथिको संगत बढ्दै जाँछ र रमाउँछ । दिनभरी लागुपदार्थको नसामा हुन्छ ।

अनि एक दिन केटासँग लागूपदार्थ किन्नको लागि पनि पैसा सक्किन्छ । त्यसपछि केटाले आफ्नो मोबाइल बेचेर भएपनि लागुपदार्थ खान छोड्दैन । अनि जो सथीको घरमा बसिरहेको हुन्छ त्यसले पनि घरमा राख्न नसक्ने भन्छ । बाहाना बनाएर घरबाट निकालिदिन्छ । अनि एक दिन त्यो केटा बाटोमा लडि रहेको हालतमा उसको बुबाले देख्नुहुन्छ । केटालाइ उठाएर घर ल्याउनुहुन्छ । उस्लाई घर ल्याएपछि त्यो केटी केटा लाई भेट्न केटाको घर आउँछे । केहि राम्रो साथिहरु पनि आउँछन् । बाँकी सब त्यो बिगार्ने साथीहरु कोहि पनि आउँदैनन् । आन्तिममा केटालाई महसुस हुन्छ कि अफ्नो आमाबुबा असल साथि र प्रेमिकाले भनेको कुरा सहि रहेछ । त्यसपछि केटाले अफ्नो भबिष्यतिर घ्यान दिन्छ । राम्रो मान्छे बनेर सफलता हाँसिल गर्छ ।
आमाबुबाले छोराको लागि पैसा बचत गरिरहेका हुन्छन् । गित रेकर्ड गर्न, सामान किनिदिन । आन्तिममा त्यो केटा एउटा सफल संगीतकार बन्छ । राम्रो सङ्गत र राम्रो मान्छेको सङ्गत गरेर अगाडी बडौं । आफुभन्दा ठूलो मान्छेले भनेको कुरा सुन्न र बुज्न सिकौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्