देशभरको शैक्षिक संस्था ४ दिन बन्द गर्ने सरकारको निर्णय

देशभरको शैक्षिक संस्था ४ दिन बन्द गर्ने सरकारको निर्णय

भोली मंगलबारबाट ४ दिनसम्म देशभरका शैक्षिक संस्थाहरु बन्द गर्ने सरकारले निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढ्दो वायुप्रदुषणको कारण देखाउदै देशभरका शिक्षण संस्था चैत १७ गते मंगलबारदेखि २० गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

सोमबार मन्त्रालयमा बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा उक्त आकस्मिक बैठक बसेको थियो ।

काठमाडौं उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा पछिल्लो केहि दिनयता वायु प्रदुषण र तुवाँलो देखिएको छ । उक्त प्रदुषण सामान्य हुन केहि समय लाग्ने विज्ञहरुले बताए पछि सरकारले यस्तो निर्णय गरेको बताईन्छ ।

यद्यपी विराटनगरका विद्यालय नियमितरुपमै संचालन हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्